स्याङ्जाली तमु समाजको सहयोग

लेखनाथ ।
स्याङ्जा जिल्लाबाट पोखरा २६ को विभिन्न ठाउँमा बसोबास गर्दै आएका स्याङ्जाली तमु समाजले सोही वडाको अमरज्योति आधारभूत विद्यालयमा सिलिङ पंखा सहयोग गरेको छ ।
गर्मीको समयमा विद्यार्थीहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर राख्दै समाजले प्रत्येक कोठामा पंखा जडान गरी सहयोग गरेको हो । गर्मीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित भएको अवस्थामा समाजले विद्यालयका ६ वटा कोठामा पंखा जाडन गरेको हो । सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै बिहीबार समाजको तर्फबाट ५ थान र समाजका सल्लाहकार जंगबहादुर गुरुङले १ थान गरी ६ थान पंखा जडान गरिएको हो ।
समाजका पदाधिकारीसहितको टोलीले बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर रानाभाट र विद्यालयकी प्रधानाध्यापक सत्यदेवी बराललाई पंखा हस्तान्त्रण गरेका हुन् । कार्यक्रममा समाजका अध्यक्ष नेमबहादुर गुरुङ, उपाध्यक्ष रिनु गुरुङ, सचिव बिलबहादुर गुरुङ, कोषाध्यक्ष लक्ष्मण गुरुङ, संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, निवर्तमान अध्यक्ष मोहनप्रसाद गुरुङ, पूर्वअध्यक्ष इमबहादुर गुरुङ र जंगबहादुर गुरुङले उत्त सामग्री विद्यालयलाई हस्तान्त्रण गरेका हुन् ।







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया