व्यास नगरपालिकामा उपमेयरसँग महिला कार्यक्रम

पोखरा ।
तनहुँको व्यास नगरपालिकाले सुरु गरेको उपमेयसँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको छ । व्यास नगरपालिकाका महिलालाई आर्थिक, स्वास्थ्य, तथा रोजगारीका क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
कार्यक्रम अन्तर्गत रहेको शैक्षिक बेरोजगार महिलालाई उद्यमशील बनाउने अभियानमा १५ महिलाले आफ्नै व्यवसाय खोलेका छन् । १२ कक्षा पास गरेका १५ जना बेरोजगार महिलालाई उद्यमशील बनाउने उद्देश्यका साथ नगरपालिकाले ५० हजारका दरले अनुदान दिएको हो ।
निवेदन परेका शैक्षिक बेरोजगार महिलाको व्यवसायको स्थलगत निरीक्षण अनुदान प्रदान गरिएको महिला बालबालिका अपाङगता तथा ज्येष्ठ नागरिक उपशाखाकी प्रमुख राधा आचार्यले जानकारी दिइन् । उनले भनिन्, ‘उपमेयरको संयोजत्वमा गठिन अनुगमन समितिले दरखास्त परेका महिलाले सञ्चालन गर्न खोजेका व्यवसाय तथा सञ्चालन गरिएका व्यवसायको स्थलगत अनुगमन गरी अनुदान प्रदान गरेका हौं ।’
अनुदान पाउने अधिकतरले कृषि तथा पशु फर्म चलाएका छन् । अनुदान पाएकी व्यास ८ मा रहेको अधिकारी पशुपालन तथा कृषि फर्मकी पार्वती पराजुली अधिकारी भन्छिन्, ‘यो कार्यक्रमले हामी जस्ता विपन्न र मध्यम वर्गका महिलालाई धेरै फाइदा भएको छ ।’
कार्यक्रम अन्तर्गत रहेको गर्भवती महिला पोषण कार्यक्रममार्फत १ सय ९ गर्भवतीलाई पोषण खर्चवापत जनही ५ हजार प्रदान गरिएको छ । गर्भवती अवस्थामा महिलालाई आवश्यक पर्ने पोषण तत्व खरिद गर्न उक्त रकम प्रदान गर्दै आएको उपप्रमुख इन्दिरा दरैले बताईन् ।
अपांगता भएका ८ जनालाई आयआर्जन गर्नका लागि बाख्रासमेत वितरण गरिएको उनले जानकारी दिइन् । उनले उपमेयरसँग महिला कार्यक्रममार्फत महिलालाई आयआर्जनसँग जोडेर विपन्न, एकल, अपांगता भएका र हिंसापीडित महिलाका लागि प्राथमिकता दिएर लगानी गरिएको सुनाइन् ।
कार्यक्रम अन्तर्गत महिला प्रजनन स्वास्थ्य कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । नगर प्रमुख न्यौपानलेले उपमेयरसँग महिला कार्यक्रम नमूना परियोजनाका रूपमा अगाडि बढेको उल्लेख गरे ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया