बजेटमा बेथिति, नसच्चिए संसद अवरोधः कांग्रेस

समाधान सम्वाददाता
सरकारले ल्याएको बजेटको प्राथमिकता संसदमा प्रस्तुत गरेपछि छलफल हुने अबको सदन भने नेपाली कांग्रेसले चल्न नदिने भएको छ । सरकारले ल्याएको यसअघिको बजेट कार्यान्वयनमा बेथिति भएको र सांसदलाई सहभागीसमेत नगराइएको भन्दै कांग्रेसका सांसदले असन्तुष्टि जनाएका छन् ।
‘बजेटमा कुनै पनि नाउँमा अबण्डा वा एकमुष्ट रकम नराखियोस् । यदि पुन पोके बजेटको पुनरावृत्ति भएमासशक्त विरोध गछौं,’ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘अबको बैठकमा यसबारे सम्बोधन गरिएन र सुध्रिन्छौं भनिएन भने संसद अवरोध हुन्छ ।’
होमस्टे कार्र्यक्रम, मोडल फामजस्ता कार्यक्रममा न्यूनमात्रामा लगानी गरिएको उनको भनाइ छ । होमस्टे सञ्चालन गर्ने वातावरण बनाउनुको साटो घर, कोठा, ट्वाइलेटका पूर्वाधार पूरा गरेकालाई सडक, सामुदायिक भवन आदिमा खर्च गर्न भनी अनुदान दिइएकोप्रति पोखरेलले असन्तुष्टि पोखे ।
‘मोडेल फार्मको नाउँमा कनिका छरियो । आस्थाका आधारमा ठूला फर्मलाई मोटो रकम दिइयो भने अस्तित्वनै नभएको फर्मलाई आस्थाको आधारमा रकम बाँडियो,’ नेपालीले भने, ‘मन्त्रालयबाट बजेट (पोके) विनियोजन गर्दा विधि र प्रक्रिया उल्लंघन गर्दै अन्यायपूर्ण तरिकाबाट वितरण गरियो ।
यसबारे सदनलाई चित्त बुझ्दो जवाफ नदिएसम्म अन्य प्रक्रिया अगाडि नबढाइयोस् ।’ इन्जोय जोनको डिपिआरका लागि ९ करोड विनियोजन गरिएको कुरा पर्यटन मन्त्रीले सार्वजनिक गरेपछि कांग्रेसले त्यसमा आपत्ति जनाएको छ ।







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया