पोखरा विमानस्थल बिआरआई अन्तर्गत होइनः मन्त्री किराँती

पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई अन्तर्गत नरहेको प्रस्ट पारेका छन् । प्रतिनिधि सभामा सोमबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सोधेको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा संसारलाई थाहा भएको बताए ।
किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको पनि बताए । मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन् । उनले बजेट असन्तुलित भएकोमा माफी समेत मागे । बजेटले सुख बाँड्नुपर्नेमा दुःख बाँडेको उनको भनाइ छ ।
किराँतीले नेपाल र चीनबीच २०१६ मा मात्रै बिआरआई सम्झौता भएको स्पष्ट पारे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअघि २०१२ मै निर्माण सुरु भएको उनको भनाइ छ । संसारलाई थाहा भएको कुरामा नअल्मलिन उनले सांसदहरूलाई आग्रह गरे ।
‘छ्यापछ्याप्ती छ त । फेरि संसदमा यही कुरा उठ्छ । बिआरआई सम्झौता त २०१६ मा भएको हो । पोखरा एयरपोर्टको २०१२ मा निर्माण सुरु भएको हो,’ उनले प्रतिप्रश्न गरे, ‘संसारले यो बिआरआई होइन भनिरहेको छ । सांसदहरू अल्मलिएका अल्मलियै छन् । बिआरआई हो कि, यो के हो? ध्वनी प्रदूषण गरेका छन् । समय र शक्तिको खर्च गरेर के गर्छौं हामी ?’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत बुधबार मन्त्री किराती सहभागी भएकै कार्यक्रममा चिनियाँ राजदूत छन् सोङ यो एयरपोर्ट बिआरआईअन्तर्गत बनेको दाबी गरेका थिए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुआत भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरूबाट यो निर्माण भएको हो ।
यो बिआरआई परियोजनाअन्तर्गतको हो,’ राजदूत छन् सोङले भनेका थिए । यसअघि गत पुसमा विमानस्थल उदघाटन कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले पनि पोखरा विमानस्थल चीनको महत्वाकांक्षी बिआरआईअन्तर्गत भएको दाबी गरेका थिए ।
मन्त्री किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको पनि बताएका छन् । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ । यो सरकार यस कारणले ढल्दैन की, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन संकटमा पर्छ। देश अस्थिरतातर्फ जान्छ,’ उनले भने ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया