९९ वर्षमा पनि सक्रिय

समाधान संवाददाता २०८० असार १३ गते १२:४५

जेपी क्रस नेपाल र नेपालीका लागि एक उदाहरणीय पात्र हुन् । जसले बेलायती नागरिकता त्यागेर नेपाली नागरिकता लिए ।

Advertisement

ईसाइ धर्म त्यागेर हिन्दू धर्म ग्रहण गरे । यो समग्र नेपालीका लागि एउटा मीठो चुनौतीमात्र होइन, ग्रहणयोग्य शिक्षा पनि हो ।

उनले एक नेपालीलाई धर्मपुत्र मात्र बनाएनन्, समग्र नेपालीलाई नै आफन्त बनाएका छन् । उनको अन्तिम इच्छा छ– नेपाली भएरै बाच्ने र नेपालकै माटोमा बिलाउने ।


क्रस जो उमेरका हिसावले ९९ वर्षमा हिडिरहेका छन्, अझै पनि सmित्रय छन् । अग्रेजी भाषामा नेपालकै बारेमा पुस्तक लेख्छन् । उनले यसअघि नेपालसम्बन्धी २० पुस्तक लेखेका छन् । उनका पुस्तक नेपालको इतिहास सम्बन्धमा रुचि राख्नेहरूलाई निकै सहयोगी भएका छन् । उनका बारेमा विद्यावारिधि गर्ने २ जनाले थेसिससमेत लेखे । वि.सं. २००३ माघ २३ गते पद्यशमशेर श्री ३ हुँदा जेपी क्रस नेपाल घुम्न आएका थिए । राणा कालमा विदेशीलाई प्रतिबन्ध हुँदा सरकारको निम्तोमा मात्र विदेशी नेपाल आउथे । त्यस बेला उनी वीरगन्ज, अमलेखगन्ज रेल चढेर भीमभेदी हुँदै काठमाडौँको थानकोट आइपुगेका थिए ।


कर्णेल जेपी क्रस बेलायती सेनामा कार्यरत थिए । दोस्रो विश्व युद्धमा १७ वर्ष पुगेका जो कोही नागरिक सेनामा भर्ती हुनुपर्दथ्यो ।

Advertisement

यही शिलशिलामा जेपी क्रस भर्ती भए । कुशलता, दक्षताका कारण छोटो अवधिमा नै उनी सेनाको उच्च पदमा पुग्न सक्षम भए ।

नेपाल र नेपालीलाई औधी माया गर्ने जेपी क्रस ७ भाषामा पोख्त छन् । नेपालबारे २० किताब लेखेका छन्


सन् १९२५ जुन २५ तारिकमा बेलायत जन्मिएका क्रसले बेलायती सेनामा करिब ४० वर्ष सेवा गरे । उनी पछिल्लो पटक पक्लिहवाबाट पोखरा ब्रिट्रिस क्याम्पमा आएका थिए । उनले पक्लिहवा भन्दा पोखरा उपयुक्त ठानेर क्याम्प यतै सारे ।


सेनाबाट सेवा निवृत्त भएपछि पनि उनले त्रिभुवन विश्वविद्यालय एसिसेन्टेन्ट रिडरका रूपमा साढे ३ वर्ष ब्रिट्र्सि सेनामा नेपालीको देन विषयमा अध्यापन गराए । अहिले पनि उनी बेलायती सेनाका अधिकृतहरुलाई नेपालीको संस्कृतिबारे जानकारी दिने गर्दछन् । उनी ७ भाषाका ज्ञाता छन् ।


उनले सैनिक जीवनमा ठूल्ठूला युद्ध र द्वन्द्वसँग जुध्नु परेको थियो । खास गरेर भियतनाम र चिनियासँगको द्वन्द्वको कहानी उनी सुनाउँछन् । उनले एक पटक आफ्नो मृत्युको समाचार पनि सुन्न पाए ।


वि.सं. २०३२ सालमा जेपी क्रस पक्लिहवा क्याम्पमा कार्यरत थिए । लाहुरे हुन पुगेका ठाडो भाखाका महानायक संस्कृतिकर्मी बुद्धिमान दुरा उचाइ कम भएर फालिएका रहेछन् । जेपीलाई बुद्धिमानको बोली, वचन सा¥है मन परेछ । बुद्धिमानले जेपीलाई बुबा भनेर सम्बोधन गर्दा उनको मन छोयो । उनले तत्काल धर्मपुत्र बनाउने प्रस्ताव राखे । बुद्धिमानले पनि जेपीको प्रस्ताव तत्काल स्वीकारे । उनी बुद्धिमानको स्याहार, सुसारबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘बुद्धिमानकै कारण म नेपाल बसेको हुँ । यदि उनी नभएको भए म आज नेपालमा हुने थिइनँ ।’


क्रसलाई भियतनाम चीनको गुरिल्ला युद्धमा आँखामा चोट लागेको थियो । २०३७ सालतिर उनको आँखाले काम गर्न छोड्यो ।

उनी दृष्टिविहीन भए । हङ्कङ्मा उपचार हुन सक्छ भनेर त्यतातर्फ उपचार गर्न पुगे । उनी संसार देख्न सक्ने भए । अस्पतालमा उपचार गराउन जाँदा आफूलाई अन्धो मान्छे भनेर हेपेको उनले अहिलेसम्म बिर्सन सकेका छैनन् । नेपाल कसरी मन प¥यो भन्ने प्रश्नमा क्रस भन्छन्, ‘जागिरका शिलसिलामा । उनका हाकिमले सोधे– तिमी एसिया महादेशका कुन देश जान चाहन्छौ ? उनले तत्काल जवाफ दिए – नेपाल ।’


जागिरे जीवनमा अल्मलिनु पर्दा उनले विवाह गर्ने समय नै पाएनन् । उनी भन्छन्, ‘जवानी हुँदा युद्ध जित्न हिडियो । विवाह गर्ने कहिल्यै सोच भएन । आफ्नो देश पनि गइएनँ । पछि बूढो भइयो केही केटीहरू पन परेको थियो तर उनीहरूले मलाई बुढो भनेर पत्याएनन् ।’


उनी भन्छन्–मैले नेपालमा बसेर यहीको माटोलाई माया गरेँ । पूर्व राजा वीरेन्द्र सरकारबाट नेपालमा उनलाई चक्षु अपाङ्गता हुँदा स्थायी रूपमा बस्न दिने निर्णय भयो । म निर्धक्क नेपाल बस्न पाए । नागरिकता पाउन सरकारसमक्ष निवेदन दिएँ । ३२ वर्ष ६ पहिना ५ दिन भएपछि वि.सं. २०७१ साल कात्तिक २० गते गृह मन्त्रालयबाट उनले अंगीकृत नागरिकता पाए । उनका लागि त्यो दिन जीवनकै धेरै खुुसी भएको दिन थियो । उनलाई नेपाली हुनुमा पनि गर्व छ । उनी थप्छन्, ‘नेपालमा के छैन ? के नेपाल विश्वकै एक सुन्दर देशभित्र पर्दैन ?’


क्रसको योगदानलाई नेपालले कदर गर्न नजाने पनि बेलायत सरकारले कदर गरेको छ । उनको सम्मानमा ब्रिट्रिस क्याम्पस र गोर्खा संग्रहालयमा जेपी क्रस कक्ष निर्माण भएको छ । उनका नाममा पुरस्कार स्थापना गरिएको छ । उनी सम्झन्छन्–एक पटक कम्बोडियालाई बेलायत सरकारले खाद्यान्न सहायता गर्न लागेको रहेछ । उनले भने, ‘नेपाललाई खोई ?’ उनको त्यो प्रश्नले नेपालले पनि बेलायत सरकारबाट २० हजार मेट्रिक टन धान सहयोग स्वरुप प्राप्त भयो ।


९९ वर्षको उमेर पनि उनी त्यत्तिकै सक्रिय छन् । उठेर किताब लेख्छन् । घर कम्पाउन्डभित्रै ओहोरदोहोर गर्छन् । घर भरी किताब छन् । खुकुरीहरू छन् । सम्मानपत्र र कदरपत्रले कोठा सजाएका छन् । अझ कति बाच्नु हुन्छ भन्ने प्रश्नमा उनी भदछन्–म भविष्यवक्ता होइन ।


उनले अन्तिममा एउटा मीठो कविता सुनाएः
आश, त्रास
जेपी क्रस
कता हो कता
भरे बेलुकीको बास् ।

तपाईको प्रतिक्रिया