कास्कीका सांसद खगराजलाई संसद भवन भित्रै खतरा, सभामुखसंग भने–ज्यान जोगाई पाँउ

समाधान सम्वाददाता
कास्की निर्बाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्बाचित सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठक हलमा आफू चार पटक लडेको भन्दै ‘ज्यान जोगाइदिन’ सभामुखको ध्यानाकर्षण गरेका छन् । उनी सत्तारुढ दल नेकपाका नेता हुन ।
आइतबार प्रतिनिधिसभाको बैठकको सुरुमा उनले आफ्नो भाँचिएको कुर्ची देखाउँदै चार पटक लडिसकेको सभामुख कृष्णबहादुर महरालाई जानकारी गराए ।
सभामुख महोदय चार पटक भइसक्यो म यहाँबाट लडेको’ उनले भाँचिएको कुर्चीको टुक्रा देखाउँदै भने ‘अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ । तर कति पटक भन्नु पर्ने हो ? संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्ची नराखियोस् यो त धराप भयो ।’
सांसद अधिकारीले यो विषय गम्भीर आपत्तिको विषय भन्दै भने ‘ज्यान जोगाई पाउँ भन्न पर्ने अवस्था आयो ।’ सभामुख कृष्णबहादुर महराले उक्त विषयमा गम्भीर रुपले ध्यानाकर्षण भएको बताए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया