अनुपम म्युजिक पोखरामा उद्घोषण तालिम

समाधान संवाददाता २०८० असार १८ गते ११:३५

पोखरा ।
अनुपम म्युजिक पोखराको तालिमको २ सयौं शृंखला सकिएको छ । २०६७ देखि औपचारिक रूपमा सांगीतिक गतिविधि, उद्घोषण तथा भाषणकलासम्बन्धी तालिम सञ्चालन गर्दै आएको संस्थाले २०६२ देखि नै अनौपचारिक रूपमा यस्ता गतिविधि गर्दै आएको थियो ।


२ सयौं शृंखलामा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आफूले तालिमको पहिलो शृङ्खला उद्घाटन गरेदेखि हालसम्म अनुपमले गरेका कार्यक्रमबाट आफू निकै प्रभावित भएको बताए । उनले तालिमबाट पोखरा र आसपासका मूर्धन्य व्यक्तित्व प्रशिक्षित भएको प्रत्यक्ष देख्न पाउँदा गौरव पनि लागेको उनको भनाइ छ ।


हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा रामजी शर्माले विद्यार्थीदेखि उद्योगी र राजनीतिक नेतृत्वसम्मलाई अनुपमले तालिम दिएको बताए । अनुपम म्युजिक पोखराका संरक्षक वीरेन्द्रमान पालिखेले अनुपमले सञ्चालन गरेका हरेक गतिविधिमा तीर्थहरि स्मृति प्रतिष्ठानको साथ रहँदै आएको जनाए ।

Advertisement


अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले हालसम्मको साथका लागि सबैलाई धन्यवाद दिए । कार्यक्रममा गायक रामभक्त जोजिजू, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, ब्लु बर्ड कन्सल्टेन्सीका निर्देशक विष्णुप्रसाद अधिकारी, प्रशिक्षार्थीहरू विविषा पौडेल, विपासा कार्की, स्वच्छिका त्रिपाठी, आस्था भण्डारी, कल्पित नेपाल, अरविन भण्डारी, सीता अधिकारी, हिरा बरुवाल, रमा खड्का लगायतले बोलेका थिए ।


सोही अवसरमा पछिल्लो समय सञ्चालित तालिमका ३० सहभागीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया