चितवन पोखरा सम्पर्क समाजमा नयाँ नेतृत्व

समाधान संवाददाता २०८० असार १८ गते ११:४४

पोखरा ।
चितवन पोखरा सम्पर्क समाजको शनिबार भएको १७ औं साधारण सभा तथा आठौं अधिवेशनले दिलीप पनेरुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा तारादेवी सापकोटा, सचिव रामचन्द्र पहारी, सहसचिव ऋषि गौतम र कोषाध्यक्षमा ज्ञानप्रसाद पाठक छन् ।

Advertisement


सदस्यमा डा मोहन भट्टराई, विपिन सुवेदी, आग्रह अर्याल, सविता दवाडी, रामप्रसाद कँडेल र कल्पना बास्तोला छन् । निर्वाचन संयोजकमा डा नगेन्द्र भण्डारी र सदस्यमा जीवन रेग्मी, खेमनारायण ढकाल, कृष्णप्रसाद ढकाल र आनन्द सापकोटा थिए ।


कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागी, निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, आजीवन सदस्य डा मोहन भट्टराई र वागमती प्रदेश सम्पर्क समाजका निवर्तमान अध्यक्ष सञ्जीव रेग्मी, पर्यटन व्यवसायी कृष्णप्रसाद बास्तोला, सल्लाहकार देवकुमार श्रेष्ठ, समाजसेवी इन्दिरा कोइराला, चन्द्रकला पौडेल, कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्ष दुर्गा बराल पनेरु, संस्थाका सचिव तारादेवी सापकोटा र उपाध्यक्ष दिलीप पनेरुले बोलेका थिए ।

Advertisement

सो अवसरमा पिएचडी अध्ययन पूरा गर्ने डा नगेन्द्र भण्डारी, डा मोहन भट्टराई र डा लीला पुरीलाई सम्मान गरियो । सम्मानित व्यक्तित्व डा मोहन भट्टराईले समाजलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरे ।


समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा भएको कार्यक्रमा सचिवको वार्षिक प्रतिवेदन तारादेवी सापकोटा र कोषाध्यक्षको प्रतिवेदन कल्पना कोइरालाले प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया