सृजना बालगृहमा आँखा शिविर

पोखरा ।
पोखरा महानगरपालिका वार्ड नं. १७ महतगौँडाका बालबालिकाका लागि आँखा परीक्षणसहित सचेतना कार्यक्रम भएको छ ।
सृजना बालगृहको आयोजनामा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग भएको कार्यक्रममा १ सय ५९ बालबालिकाको आँखा परीक्षण गरिएको बालगृह संयोजक सोमनाथ बरालले बताए ।
कार्यक्रममा पोखरा १७ की अध्यक्ष राधिकाकुमारी शाही योगीले बालबालिका पुनस्र्थापनासहित सामाजिक कार्यमा लाग्नु महत्वपूर्ण भएको बताइन् । बालगृहमार्फत् भएका कार्यलाई प्रभावकारी बनाउन वडा कार्यालयले सकारात्मक भूमिका खेल्ने उनले प्रतिवद्धता गरिन् ।
२०३७ मा स्थापित सिर्जना विकास केन्द्रले पोखरामा विविध सामाजिक सेवा, शिक्षा स्वास्थ्य लघुवित्तसहित २०६४ देखि द्वन्द्व पीडित बालबालिकाका लािग बालगृह चलाएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
कार्यक्रममा सल्लाहकार सभापति गणेशबहादुर अधिकारी, वडा सदस्य शिवराम भण्डारी, हिमालय आँखा अस्पतालका डा. शशिकला लामिछाने, वार्ड न. ८ का वडा सदस्य गोविन्द बराल, लायन्स डिस्ट्रिक्ट प्रमुख बालकृष्ण बराल, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, कोषाध्यक्ष कृष्णप्रसाद बराल, सचिव भीम सुवेदी, व्यवस्थापक दिलीप सुवेदी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया