वालिङमा आधारभूत पत्रकारिता तालिम

वालिङ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), स्याङ्जा शाखाको आयोजनामा वालिङ नगरपालिका वडा नं. ६ मिर्दीमा आधारभूत पत्रकारितासम्बन्धी ३ दिने तालिम सुरु भएको छ ।
कार्यक्रममा नगरपालिका प्रमुख कृष्ण खाँणले पत्रकारिता क्षेत्रको विकासमा नगरपालिकाले विशेष चासो दिएको बताए । सक्षम पत्रकार उत्पादन गर्न यस्ता तालिमले मद्दत पु¥याउने उल्लेख गर्दै नगर प्रमुख खाँणले आदिवासी जनजाति लगायत समाजमा लुकेर रहेका सवाललाई उजागर गर्न पत्रकारहरूले कलम चलाउनु जरुरी रहेको उनले औंल्याए ।
नेपाल पत्रकार महासंघ स्याङ्जा अध्यक्ष श्रीकृष्ण सिग्देलले आदिवासी जनजाति पत्रकार उत्पादनका लागि नगरपालिकाले गरेको सहयोग प्रशंसनीय रहेको बताए । आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघले सधैं हातेमालो गर्ने भन्दै उनले पत्रकारिताबाट बढ्दो पलायन रोक्न र नयाँ पत्रकार उत्पादनमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
तालिमका मुख्य प्रशिक्षक रूद्रबहादुर श्रीसले आदिवासी जनजातिका मुद्दालाई सञ्चारमाध्यममार्फत् मुखरित गराउन फोनिजले विशेष ध्यान दिएको उल्लेख गरे । फोनिज गण्डकी अध्यक्षसमेत रहेका श्रीषले पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति सहभागितासँगै मुद्दामा समेत उत्तिकै प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको भनाइ राखे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), स्याङ्जाका अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, स्याङ्जाका अध्यक्ष रवि गुरुङ, नेपाल मगर संघ, वालिङ नगर समिति उपाध्यक्ष सीता थापामगर, फोनिज, स्याङ्जा सचिव धनु गुरुङले पनि बोलेका थिए ।
सोमबारसम्म सञ्चालन हुने तालिमको पहिलो दिन विभिन्न विषयमा मुख्य प्रशिक्षक एवं फोनिज, गण्डकीका अध्यक्ष रूद्रबहादुर श्रीस, फोनिज, गण्डकी प्रदेशका महासचिव धनबहादुर गुरुङ (सुमन) र अग्रज पत्रकार गोपाल जिटीले सहजीकरण गरेका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया