ढिकालेथर टोलमा गुप्त

पोखरा ।
ढिकालेथर टोल विकाश संस्था पोखरा १२ को शनिबार भएको चौथो अधिवेशन तथा सातौं साधारणसभाले गुप्तबहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।
उपाध्यक्षमा उमरसुब्बा गुरुङ, सचिव नारायणप्रसाद सुवेदी, सहसचिव चन्द्रा आचार्य तथा कोषाध्यक्ष बलबहादुर मल्ल छानिएका छन् । सदस्यमा धननाथ सुवेदी, तीर्थराज आचार्य, सञ्जय आचार्य र देवी थापा छन् ।
कार्यक्रममा पोखरा १२ का कार्यवाहक अध्यक्ष सान्तबहादुर थापाले हरेक टोल विकास संस्था विकास, निर्माणमा समर्पित हुनुपर्नेमा जोड दिए । टोल विकास संस्थाका अध्यक्ष गुप्तबहदुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रोशनप्रसाद श्रेष्ठ, ढिकालेथर आमा समूहकी अध्यक्ष शोभा आचार्य, ढिकालेथर सेवा समितिका पूर्वअध्यक्ष भरतबहादुर अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानीकी उपाध्यक्ष इन्दिरा पन्त, ढिकालेथर खानेपानी उपभोक्ता समिति अध्यक्ष बलबहादुर कार्की लगायतले बोलेका थिए ।
समारोहमा संस्थामा आवद्ध ८० वर्ष पुगेका ११ ज्येष्ठ नागरिक र उत्कृष्ट आमा समूह सम्मानबाट सेतीनहर आमा समूहलाई सम्मानित गरिएको थियो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया