प्रधानमन्त्री जेठ २५ गते युरोप भ्रमणमा जाने

समाधान संवाददाता, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओली आउँदो २५ गते नौ दिने युरोप भ्रमणमा निस्कने भएका छन् ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार दिएको जानकारी अनुसार ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने भएका हुन् ।
मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली २५ गते जेनेभाका लागि उड्नेछन् । २६ गते उनले जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
२७ गते प्रधानमन्त्री जेनेभाबाट लण्डन उड्ने छन् । बेलायतमा प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनको विशेष कार्यक्रम नेपालको प्रजातन्त्र र विकासबारे बोल्ने छन् ।
उनी बेलायती संसदको एक समितिको बैठकमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।
बेलायत बसाइका क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।
भेटका क्रममा भुतपूर्व गोरखा सैनिकका विषयबारे कुराकानी हुनेछ । भेटपछि द्वीपक्षीय सहयोगका केही घोषणा पनि हुनेछ ।
जेठ २९ गते प्रधानमन्त्री ओली फ्रान्स जानेछन् । उनले फ्रान्सको दुई दिने औपचारिक भ्रमण गर्नेछन् । नेपाल-फ्रान्स दौत्य सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् ।
फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंसँग प्रधानमन्त्रीको भेटवार्ताको तयारी भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
नौ दिने भ्रमण सकेर प्रधानमन्त्री असार १ गते स्वदेश फर्किनेछन् ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया