हेल्लो हेल्थको स्वास्थ्य शिविर
समाधान संवाददाता
२०८० असार १९ गते १२:४७

लेखनाथ ।
पोखरा २६ मा रहेको हेल्लो हेल्थ क्लिनिकले आयोजना गरेको निशुल्क महिला स्वास्थ्य शिविरमा ८० जनाले सेवा लिएका छन् ।
रोग लाग्नुपूर्व नै जनचेतना फौलाउँदै महिलामा देखिने विभिन्न प्रकारका रोग पहिचान गर्न शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । शिविरमा वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ प्राडा जुनु श्रेष्ठ कर्मचार्यले विभिन्न रोगबारे परामर्श र स्वास्थ्य जाँच गरेकी थिइन् ।
हेल्थ क्लिनिकका सञ्चालक मदन बरालले बेला बेलामा जाँच गर्दा समस्या देखिन निदन गर्न सकिने र पछि समस्या भोग्न नपर्ने भएकाले शिविर आयोजना गरिएको बताए । क्लिनिककी प्रबन्ध निर्देशक डा इशा श्रेष्ठले निरोगी हुनका लागि महिला, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र सामान्य मानिसले समेत समय समयमा स्वास्थ्य जाँच गर्नुपर्ने बताइन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया