विपद् व्यवस्थापनबारे छलफल

समाधान संवाददाता २०८० असार १९ गते १६:५४

पोखरा ।
विपद् व्यवस्थापनको पूर्व तयारीका क्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीले सरोकारवाला निकायबीच समन्वयात्मक कार्यक्रम गरेको छ ।


रेडक्रस कास्कीको विपद् व्यवस्थापन समिति आयोजना गरेको कार्यक्रममा बाढी पहिरो, भारी वर्षात लगायतका मनसुनजन्य विपद्बाट प्रभावितलाई राहात संकलन तथा दक्ष जनशक्ति व्यवस्थापनका बारेका छलफल भएको मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिए ।


कार्यक्रममा रेडक्रस कास्कीका कर्मचारी नवराज भण्डारीले रेडक्रसले १ वर्षको अवधिमा प्रदान गरेको राहत वितरणको विवरण तथा दक्ष जनशक्तिको अवस्थाबारे जानकारी गराए । कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले रेडक्रसले स्वयंसेवी रुपमा विपद्को व्यवस्थापन तथा राहत वितरण गर्ने बताए । उनले जिल्ला शाखा तथा उपशाखाहरुले विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिए ।

Advertisement


कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकी उपाध्यक्ष पदमराज पहारी, नौलो घुम्ती नेपालका अध्यक्ष बद्रीविनोद प्रतीक, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डोलराज पाण्डे, उपसभापति उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी, उपमन्त्री रमा कोइराला, कार्यसमितिका सदस्य तथा विपद् व्यवस्थापन समितिका सचिव पार्वती कार्की, कार्यसमितिका सदस्यहरु रमेश भण्डारी र बबिता सुवेदी, रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्का, पृथ्वीराज बस कम्पनी प्रालिका प्रबन्ध निर्देशक ज्ञानबहादुर केसी, गुप्तेश्वर गुफा व्यवस्थापन समिति सचिव हरिप्रसाद लम्साल, डेभिजफल युवा क्लबका सचिव गणेशबहादुर घर्ती, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीराम शर्मा, असल छिमेकी नेपालका प्रतिनिधि सुरेन्द्र दास, सिद्धार्थ क्लबका अध्यक्ष प्रमोदनारायण श्रेष्ठ, सिर्जना विकास केन्द्रका व्यवस्थापन दिलीप सुवेदी लगायतले विपद् व्यवस्थापनका लागि अपनाउनुपर्ने पूर्व तयारीबारे बोलेका थिए ।

विपद् व्यवस्थापनको तयारीको क्रममा रेडक्रसले विपद् प्रतिकार्य समूह कार्यशाला गरेर सदस्यलाई प्रशिक्षण दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया