आइसीसी विश्वकपः बलियो मानिएको अफ्रिका बंगलादेशसँग निरिह

समाधान संवाददाता २०७६ जेठ २० गते ८:१९

एजेन्सी, लन्डन

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको आइतबार राति भएको खेलमा बंगलादेशले प्रभावशाली जित हात पारेको छ । निकै रोमाञ्चक खेलमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले हरायो ।

बंगलादेशले दिएको ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिका यसअघि घरेलु टोली इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो ।

Advertisement

दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए । यसैगरी जेपी डुम्नी र अइडन मार्कमले समान ४५, रासी भान डल डुसेनले ४१, डेभिड मिलरले ३८ र क्विन्टन डी ककले २३ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । यस्तै मोहमद सैफुद्दिनले दुई तथा सकिब अल हसन र मेहदी हसनले एक÷एक विकेट हात पारे ।

Advertisement

यसअघि दी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ३० रनको योगफल खडा गरेको थियो । बंगलादेशका लागि मुस्फिकुर रहिम र सकिब अल हसनले अर्धशतकीय पाली खेले ।

रहिमले ७८ रन जोड्दा सकिबले ७५ रन बनाए । यस्तै मोहमदउल्लाले अविजित ४६, सौम्य सरकारले ४२, मोसादेक हुसेनले २६ र मोहमद मिथुनले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका इमरान ताहिर, क्रिस मोरिस र एन्ड्ली फेलुक्वायाले दुई÷दुई विकेट लिए ।

दुवै टोलीको ब्याटिङ राम्रो रहे पनि उत्कृष्ट बलरले भरिएको दक्षिण अफ्रिकाविरुद्ध बंगलादेशले अपत्यारिलो ब्याटिङ गरी महत्वपूर्ण जित हात पार्न सफल भयो । टोलीका महत्वपूर्ण ओपनर ब्याट्सम्यान हसिम अमला चोटका कारण खेल्न नसक्नु र आशा गरिएका बलर लुंगी जीदी घाइते हुनुले पनि दक्षिणा अफ्रिकाका लागि दुर्भाग्य बन्यो ।

बंगलादेशले बलियो टोलीमाथि जित निकाली विश्वकपमा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो खेलमा आयोजक इङ्ल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा पनि पराजित भइ दबाबमा परेको छ ।

तपाईको प्रतिक्रिया