सांसद जनताका समस्या उठाउँछन्, सरकार सुन्दैन

समाधान संवाददाता २०८० असार २० गते ११:२३

पोखरा ।
प्रदेश सभामा सांसदहरु कहिले विशेष समयमा त कहिले कुनै समयमा जनताका आवाज बोल्छन् । गाउँठाउँका तत्कालको तत्कालका समस्यादेखि विशेष मुद्दा पनि उनीहरु उठाउँछन् । सांसदले उठाएका प्रश्न र जिज्ञासा सरकार लक्षित हुन्छन् । आखिर समस्याको समाधान गर्ने दायित्व सरकारकै हो ।

Advertisement

तर गण्डकी प्रदेशका सांसदहरु भने उनीहरुले उठाएका समस्या सरकारले सम्बोधन नै गर्दैन । सरकारको त्यही उदासीनताबारे मंगलबार सांसदले बोलेका छन् र सरकारलाई रुलिङ गर्न सभामुखसँग माग पनि गरे । ‘एउटा सांसदले सभामा उठाएका विषय वस्तुहरू जनतासँग सम्बन्धित छ । जुन कार्यान्वयन गर्न जरुरी छ ।

यस्ता विषय वस्तुहरू कार्यान्वयन गर्न यहाँ बोलेका कुराहरु सम्बन्धित निकायमा सम्बन्धित प्रशासनिक निकायहरुमा लिखित ढंगले पठाउनका निमित्त सरकारलाई सभामुख महोदयले रुलिङ गर्नुपर्ने आवश्यकता भयो । यस कारण म रुलिङको माग गर्दछु,’ एमाले सांसद कृष्ण पाठकले मंगलबार प्रदेश सभामा भने ।


सांसद पाठकले प्रदेशसभा केवल कानुन निर्माण र बजेट प्रस्तुत गर्ने थलोमात्र नभएको पाठकको भनाइ थियो ।

उनले सांसदहरू सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरू भएकाले सरकारले यसलाई बेवास्ता गर्न नमिल्ने बताए ।

Advertisement

सांसद पाठकले सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे । मंगलबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद पाठकले आफूहरूले संसदमा उठाएका विषयलाई सरकारले गम्भीर भएर नलिएको भन्दै रुलिङ गर्न माग गरेका हुन् ।


‘जनताका प्रतिनिधिहरूले जनताका आवाज उठाइरहेका छन् । शून्य समय र विशेष समयमा माननीययूहरुले पटकपटक धेरै कुराहरु उठाइरहेका छन् । जुन कुरा जनतासँग सरोकार राख्छ,’ उनले भने, ‘यसरी बोलिएका कुराहरु कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

तर, यो सरकारले जति माननीयज्यूहरुले यहाँ जनतासँग सरोकार रहेका विषयवस्तु राख्नुभएको छ । ती विषयहरुलाई सम्बन्धित निकायहरुमा, युनिटहरुमा लेखेर पठाउने, लेखेर जानकारी गराउने र कार्यान्वयन निमित्त भन्ने काम भएको छैन ।’ गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल जारी रहेको छ ।


गण्डकीमा उठ्यो जुम्लाको तातोपानी घटना
जुम्लामा अन्तरजातीय बिहेको निहुँमा घर आगजनी गरेको विषय गण्डकी प्रदेशसभामा उठेको छ । प्रदेश सांसद गोविन्दबहादुर नेपालीले विभेद उत्पीडन र अपराधको कुनै भौगोलिक सीमा नहुने भन्दै जुम्लाको घटना प्रदेशसभामा उठाएका हुन् । जुम्लाको तातोपानी ४ गिदी खोलामा अन्तरजातीय विवाहलाई लिएर मुकुन्द नेपालीको घर जलाएको विषय निन्दनीय भएको भन्दै सांसद नेपालीले दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।


अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण कार्य भएको भन्दै सांसद नेपालीले दोषीलाई कारबाहीको माग गरेका हुन् । ‘आज परिवार विस्थापित भएको छ । त्यहाँ केटाकेटी र परिवारलाई परिवारको थ्रेट छ । ठूलो धनजनको क्षति भएको छ । यसकारण यस घटनाको निन्दा गर्दै यो घटनामा दोषीमाथि कानुनी कारबाहीको माग गदर्छु,’ एमाले प्रमुख सचेतक समेत रहेको नेपालीले भने, ‘यस्ता घटना घट्नुअघि नै गण्डकी सरकारको पनि ध्यान जाओस् । धेरै घटना यहीँ पनि घटेका छन् ।’


प्रदेशसभा सदस्य दमयन्ती रुचालले पनि शून्य समयमा बोल्दै उक्त घटनामा प्रदेश सरकार र संघ सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेकी हुन् । ‘घर जलाइरहेका छन् । ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । विवाहित जोडी सम्पर्कमा नभएको र खोज कार्य भइरहेको छ,’ उनले भनिन्, ‘कहिलेसम्म नेपालका ६० लाख दलितहरूले अत्याचार बेहोर्नुपर्ने हो ।

तपाईको प्रतिक्रिया