मुस्ताङी राजाले दिए लोछोदिनका नागरिकलाई धन्यवाद

जोमसोम—मुस्ताङी राजा झिग्मे सिङ्गे पलवर बिष्टले बुधबार साँझ मुस्ताङबासी नागरिकहरुलाई धन्यवादसहित हार्दिक आभा।र व्यक्त गरेका छन् ।असार १८ गतेदेखि असार २० गते बुधबारसम्म जारी रहेको मुस्ताङी राजा झिग्मे सिङ्गे पलवर बिष्ट तथा रानी धोर्जे याङ्की पलवर बिष्टका जेठा छोरा धिण्डुप फुन्छोक पलवर बिष्टको शुभ बिवाह कार्यक्रमलाई साथ सहयोग र अमूल्य समय प्रदान गरी उपस्थिती दर्शाउने सम्पूर्ण लोछोदिन समुदाय तथा मुस्ताङबासीलाई कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गरेका हुन् ।
ऐतिहाँसिक।,धार्मिक तथा संस्कृति संरक्षण तथा सम्वद्धन गर्दै जिल्लाको पर्यटन विकासमा योगदान पू¥याउने उद्देश्यले मुस्ताङी राजा झिग्मे पलवर बिष्टको जेठा छोराको वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त सांस्कृतिक बिवाह उत्सव सफल तुल्याउन साथ सहयोग र भरोसा दिने स्वदेश तथा विदेशमा छरिएर बस्नुहुने संम्पूर्ण आफन्तजन ,ईष्टमित्र र स्वदेश तथा विदेशमा बस्नुहुने संम्पूर्ण लोछोदिन समुदायका आम नागरिकहरुमा राजा बिष्टले धन्यवाद व्यक्त गरेका हुन्
।
‘मेरो छोराको बैवाहिक कार्यक्रममा मुस्ताङी नागरिकहरुले आफु र उपल्लो मुस्ताङको सांस्कृतिक राजसंस्था प्रति देखाएको आस्था र विश्वाशप्रति हामी सदैव ऋणी छौं,’ उनले भने,‘ भावीदिनमा हामीबीचको यो गहिरो सम्वन्ध युगयुगान्तर रहिरहने हामीले अपेक्षा गरेका छौं ।’







पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया