पोखरा ४ मा चित्रकला स्पर्धा

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ४ को वडा स्तरीय बाल मञ्चको आयोजना र पोखरा महानगर वडा नं ४ को समन्वयमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता भएको छ ।
बालबालिकासँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत प्रतियोगिता भएको हो । प्रतिस्पर्धामा पहिलो एलजिना राई (फेवा पब्लिक विद्यालय), दोस्रो फियोना गुरुङ (पश्चिमाञ्चल विद्यालय), तेस्रो क्षितिज अधिकारी (फेवा पब्लिक विद्यालय ), चौथो आयुस पराजुली (केफ माध्यमिक विद्यालय ) र सान्त्वना आरोणबाबु लिगल (गुरुकुल विद्यालय) बने ।
उनीहरुलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्रदान गरियो । वडाध्यक्ष देवकृष्ण पराजुलीले बालकालिकाको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने जनाए । वडा सदस्य प्रकाश कोइराला, पार्वती माकाजु, विष्णुमाया परियार लगायतले बालबालिकाको सर्वांगीण विकासका लागि यस्ता कार्यक्रम भइरहनुपर्नेमा जोड दिए ।
प्रमुख निर्णायक नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकाले पुरस्कृत नभए पनि सिर्जना गरिरहनुपर्ने विचार राखे ।
प्रतियोगितामा वडा नं ४ का २१ विद्यार्थी सहभागी थिए । वडा बाल मञ्च अध्यक्ष सुयोग कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको हो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया