दमौलीका अस्पतालमा अनुगमन

दमौली ।
तनहुँको व्यास नगरपालिकाले दमौलीका ५ निजी हस्पिटलमा बुधबार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा नगरपालिकाले बुधबार समधान, सिटी जनरल, नेसनल एपोलो, व्यास नगर र रत्नहरि हस्पिटलमा अनुगमन गरेका हो ।
अनुगमनको क्रममा नवीकरण नभएको, म्याद सकिएको बिटाडिन, मापदण्ड अनुसार फोहोर मैलाको उचित व्यवस्थापन नभएको, नगरपालिकामा नियमित प्रतिवेदनको रिपोटिङ नगरेको जस्ता कमजोरी देखिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । धेरैजसो अस्पतालमा मापदण्ड अनुसारको फोहोर मैला व्यवस्थापन नभएको पाइएको स्वास्थ्य शाखा प्रमुखप्रमोद सोतीले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रैले नीतिगत रुपमा हस्पिटलको सञ्चालन हुनुपर्ने बताए । अनुगमनमा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी, व्यास नगरपालिकाको जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङ लगायत सहभागी थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया