नेपाल परिवार नियोजन संघ कास्कीको अध्यक्षमा नवीन

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले नवीन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको कोषाध्यक्षमा विष्णुप्रसाद दाहाल, महिला सदस्य सविना तिमिल्सिना, दिक्षा पराजुली, किशोरी युवा सदस्य सपना थापा, क्रिसा सिग्देल, विशेषज्ञ सदस्य वीरेन्द्र बास्तोला, क्षेत्र बहादुर क्षत्री, गीताकुमारी जोशी र मनकुमारी गुरुङ शेरचन छन् ।
निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठी र निवर्तमान सभापति निरञ्जन प्रसाद श्रेष्ठले प्रमाण पत्र वितरणसँगै बधाई ज्ञापन गरेका थिए ।
साधारण सभाले सचिव निशा भण्डारी र कोषाध्यक्ष राजेश अधिकारीको प्रतिवेदन पारित गरेको छ ।
साधारण सभा उद्घाटन जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले समाजको आवश्यकतालाई बुझेर काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देल, शाखाका पूर्व अध्यक्ष एवं पोखरा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग, जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रि आचार्य, पूर्व केन्द्रीय सदस्य विश्वमोहन गौचन, साधारण सदस्यहरुको तर्फबाट सोभियत बहादुर अधिकारीले बोलेका थिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति निरञ्जन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति नवीन सिग्देलले स्वागत र सचिव निशा भण्डारीले संचालन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया