मुक्तिनाथमा भारतीयको यज्ञ ज्ञान

समाधान संवाददाता २०८० असार २४ गते ११:४४

जोमसोम ।
हिन्दू तथा बौद्ध धर्मालम्बीको तीर्थ स्थल मुक्तिनाथ क्षेत्रमा शुक्रबारदेखि श्रीमद सत्र्सर्गभूषण सप्ताह (ज्ञान यज्ञ) सुरु भएको छ ।

Advertisement

सप्ताहका लागि भारतीय जनता पार्टीका विधायक नानुभाइ वानानीसहित ३ सय भारतीय अहिले मुक्तिनाथ क्षेत्रमा आएका छन् ।


मुक्तिनाथ क्षेत्रमा यज्ञको आयोजना नीलकण्ठ ट्राभल गुजरात सुरतले गरेको हो । यसको सञ्चालकमा दीपक परभार र निमेश परभार छन् ।सप्ताहको व्यवस्थापकीय जिम्मा नेपाली टोली अन्तर्गत नेविरा होलिटेज पोखराले लिएको छ ।


असार २२ गतेदेखि असार २९ गतेसम्म हुने सप्ताह मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ पुराङ रानीपौवा स्थित पुराङ गाउँ सभाहलमा जारी रहेको सञ्चालक परभारले बताए ।


भारतको बिएपिएस दिल्ली अक्षरधामबाट जसमत भाइ डाँफो पनि टोलीसँगै मुक्तिनाथ आईपुगेका छन् । यज्ञको प्रमुख वाचनकर्ताका रुपमा डा. प्रभुन्धरणदाश स्वामी छन् भने उनीसँगै गुरु दर्शनदास स्वामी, पूर्ण पुष्पदास स्वामी र कृष्णचरण दाश स्वामी छन् ।

Advertisement


मुक्तिनाथ क्षेत्रमा भारतीय दर्शनार्थीको सप्ताह कार्यक्रम संञ्चालन भएकाले पर्यटकीय चहलपहल बढेको मुक्तिनाथ होटल ग्रान्ड साम्बलाका प्रोपाइटर सुरज गुरुङ बताउँछन् । उनले बर्खा याम सुरु भइसकेको र पर्यटकीय गतिविधि कम हुँदै गएका बेला भएको यज्ञले आंशिक भए पनि राहत दिएको सुनाए ।

तपाईको प्रतिक्रिया