मेकअप तालिम सम्पन्न

समाधान संवाददाता २०८० असार २५ गते १२:१०

पोखरा ।
कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई २ दिने सेल्फ मेकअप तालिम दिएको छ । पर्यटन तथा उद्योग कार्यालय कास्कीको सहकार्यमा तालिम भएको हो ।


कार्यक्रममा पर्यटन तथा उदोग कार्यालयका प्रमुख शेषकान्त पौडेलले व्यवसायीलाई थप उद्यमशील बनाउन संघले तालिम सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरे । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नसमेत आग्रह गरे । तालिममा ४४ जना कस्मेटिक व्यवसायी महिला सहभागी थिए ।


कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघकी उपमहासचिव शोभा गौतमले महिला व्यवसायीलाई उद्यमी बनाउन तालिम उपयोगी हुने बताइन् । कार्यक्रममा कस्मेटिक व्यवसायी संघ कास्कीका संस्थापक अध्यक्ष तथा सल्लाहकार विष्णु बास्तोला, संघका निर्वतमान अध्यक्ष प्रेम सुवेदी, प्रशिक्षक दीया तामाङ, पर्यटन तथा उद्योग कार्यालयका अधिकृत कमल केसी, कस्मेटिक व्यवसायी संघ कास्कीका प्रथम उपाध्यक्ष लक्ष्मण आचार्य, द्वितीय उपाध्यक्ष सरू बराल, महासचिव महेन्द्र पौडेल लगायतले बोलेका थिए ।

Advertisement


कार्यक्रम कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्ष दुर्गा बरालको अध्यक्षतामा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया