
जोमसोम ।
मुस्ताङको घरपझोङमा रैथाने बालीको खेती गर्ने उत्कृष्ट किसानलाई पुरस्कारसहित सम्मान गरिएको छ । रैथाने वाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत घरपझोङका २ जना उत्कृष्ट किसानलाई पुरस्कारसहित सम्मान गरिएको हो ।
घरपझोङमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि शाखा विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले चालु वर्ष रैथाने बाली प्रवद्र्धन गर्न बजेट विनियोजन गरेपछि रैथाने वाली संरक्षण प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । जसअन्तर्गत घरपझोङमा किसानको क्षमता विकास तथा रैथाने बाली सम्बन्धी विभिन्न कार्यक्रम भएका थिए ।
सोही कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकाको कृषि शाखाले पालिका भित्रका सर्वोउत्कृष्ट २ जना किसानलाई बिहीबार पुरस्कारसहित सम्मान गरेको हो । घरपझोङमा रैथाने वाली लगाउने किसानमध्ये घरपझोङ—५ ठिनीका कृषक अमित थकाली र घरपझोङ २ मार्फाका कृषक धुव्र परियारलाई सर्वोत्कृष्ट किसान घोषित गरिएको कृषि शाखा प्रमुख रोशन थकालीले जानकारी दिए ।
शाखा प्रमुख थकालीका अनुसार पालिकाले आह्वान गरेको १५ दिने ‘रैथाने बाली उत्कृष्ट कृषक’ सम्बन्धी सूचनाको आधारमा किसानले पेस गरेको आवेदनमा शाखाले मूल्यांकन गरेको थियो । घरपझोङमा ७ जना किसानले उत्कृष्ट रैथाने वाली कृषकका लागि आवेदन दिएका थिए ।
पालिकाकी उपाध्यक्ष जमुना थकालीको संयोजकत्वमा रहेको समिति र शाखाका कर्मचारीहरुको रोहबर किसानहरुले उत्पादन गरेको रैथाने वालीको छड्के अनुगमन गरिएको थियो ।
घरपझोङमा रैथाने बाली लगाउने उत्कृष्ट घरपझोङ—५ का कृषक अमित थकालीलाई नगद २५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको हो । दोस्रो हुने घरपझोङ—२ का कृषक धुव्र परियारलाई नगद १५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको शाखा प्रमुख थकालीले उल्लेख गरे । उनका अनुसार प्रथम हुने कृषक अमित थकालीले चालु वर्ष उवा ११९२ केजी र जौ ४५४ केजी उत्पादन गरेको घरपझोङ कृषि शाखाले जनाएको छ । यसैगरी दोस्रो भएका मार्फाका किसान परियारले उवा ७८१ केजी र जौ ७३९ केजी उत्पादन गरेका थिए ।
रैथाने बाली लगाउने उत्कृष्ट कृषकहरुले पालिकाकी उपाध्यक्ष एवं छनोट समितिकी संयोजक जमुना थकाली, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य र शाखा प्रमुख रोशन थकालीले पुरस्कारसहित सम्मान गरेका हुन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया