रोटरी क्लब मिडटाउनको पदस्थापना

पोखरा ।
रोटरी क्लब अफ पोखरा मिडटाउनको २२ औं पदस्थापना शनिबार भएको छ । रोटरी क्लब अफ पोखराको वर्ष २०२३/०२४का लागि सोनी ढेवाजुको अध्यक्षतामा बनेको बोर्डको निवर्तमान अध्यक्षमा रवीन्द्रनाथ बाँस्तोला, प्रेसिडेन्ट इलेक्ट सूर्यनारायण बराल, प्रेसिडेन्ट नोमेनी उपेन्द्र पौडेल, भ्वाइस प्रेसिडेन्ट संगीता गौतम छन् ।
सचिव शिवप्रसाद कोइराला, कोषाध्यक्ष थानबहादुर क्षेत्री, सहसचिव दीपक पराजुली र सर्जन एट आर्म शिवहरि आचार्य छन् । विभिन्न बोर्डको डाइेक्टर विकास अधिकारी, विनोद हेजु, डा. पविन थापा, नवराज तिवारी, पुरन कुँवर छन् । इडिटर कृष्णप्रसाद घिमिरे, मेण्टर सन्तोष पोखरेल, टेनर केशव आचार्य र युथ सर्भिस चेयर शान्ति श्रीस छिन् ।
शनिबार आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष सोनी ढेवाजुलाई डिस्ट्रिक ३२९२ का डिष्टक गभर्नर इलेक्ट राजेन्द्रमान शेरचनले पद तथा गोपनियताको सपथ खुवाए भने निवर्तमान अध्यक्ष रवीन्द्र बाँस्तोलाले कालर, ग्यावल र गन हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।
कार्यक्रममा गभर्नर इलेक्ट शेरचन, गभर्नर नोमिनी विनोद कोइराला, पूर्वगभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर ईश्वरप्रसाद कार्माचार्य, क्लबकी पूर्वअध्यक्ष कृष्ण घिमिरे, विजयालक्ष्मी कोइराला, उपेन्द्र पौडेल, सन्तोष पोखरेल, विनोद हेजु, विकास अधिकारी नवराज तिवारी लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाको तर्फबाट युवा समाजसेवी सुजन गुरुडलाई भोकेसनल अवार्ड प्रदान गरिएको थियो । संस्थाका सदस्यका ८० वर्ष उमेर पुगेका आमाबाबुहरुलाई सम्मान गरिनुका साथै शैक्षिक उपलब्धि हासिल गर्ने छोराछोरीहरुलई प्रशंसापत्र पत्र प्रदान गरिएको थियो । सोनी ढेवाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिवप्रसाद कोइरालाले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया