पोखरा एयरपोर्टको पार्किङ शुल्क घटाउन माग

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ । यसका साथै संघले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
संघका अध्यक्ष पवनकुमार प्रजापतिसहितको प्रतिनिधि मण्डलले नागरिक उड्डयन प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका निर्देशक विक्रम गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झण्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको जनाएको छ ।
अध्यक्ष प्रजापतिबाट हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विमानस्थल निर्माणको सूत्रधार, अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग यस संघको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा, सुविधा साँच्चिकै अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्नेमा जोड दिइएको छ । सेवा प्रवाहबाटै विमानस्थलले उपभोक्ताको मन जित्नुपर्नेमा संघको जोड छ ।
‘विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुन्छ नै,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसो भनिरहँदा सो सेवा सस्तो, सुलभ एवं नागरिक मैत्री हुनैपर्छ । यसका अलावा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रबन्धमा पनि हाम्रो उत्तिकै चासो रहेको व्यहोरा पनि यहाँलाई स्मरण गराउँछौं ।’
ध्यानाकर्षण पत्र बुझ्दै विमानस्थल प्रमुख गौतमले पार्किङ शुल्क महँगो भएको स्वीकारे । उनले विमानस्थल प्रशासन यात्रु ल्याउने, लैजाने कार्यमा सहजीकरण गर्न तयार रहेको राजमार्गसम्म निशुल्क वा सशुल्क बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको बताए । अध्यक्ष प्रजापतिको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बास्तोला र उपमहासचिव शोभा गौतम सहभागी थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया