
जोमसोम ।
तिब्बत र मुस्ताङको सीमा कोरला क्षेत्रमा भू प्राविधिक अध्ययन (माटो परीक्षण) अनुसन्धान सुरु गरिएको छ । कोरला नाकाको दशगजा दक्षिण नेपालतर्फको भूभागमा सरकारले भूप्राविधिक अध्ययन सुरु गरेको हो ।
कोरलामा सरकारले दीर्घकालीन उद्देश्यले लिएर भन्सार, अध्यागमन, सुरक्षा पोस्ट, क्वारेटाइन, सुख्खा बन्दरगाह लगायतका संरचना निर्माण गर्न भूप्राविधिक अध्ययनअघि बढाएको हो । माटो परीक्षणको अनुसन्धान गर्ने जिम्मा ट्रेसेवल मेजरमेन्ट कम्पनीले लिएको छ । यसका लागि गत असार १३ गते मुस्ताङका सिडिओ अनुप केसीलाई माटो परीक्षण अनुसन्धान बिषयमा जानकारी गराएको छ ।
असार १४ गते कोरला नाकामा लोमान्थाङ र लोघेकर दाामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोप्साङ छोम्फेल बिष्टको समन्वयमा छिमेकी देश चीनका प्रतिनिधिलाई भूप्राविधिक अनुसन्धानबारे विस्तृत जानकारी गराएको छ ।
चीनले तिब्बती भूमीमा भव्य भौतिक संरचना निर्माण बनाइसक्दा नेपालतर्फ भने बल्ल डिपिआर थालिएको छ
मुस्ताङ प्रशासन र स्थानीय पालिकाको समन्वयमा चिनिया पक्षलाई जानकारी गराइएपछि गत असार १५ गतेदेखि कोरलामा पूर्वाधार निर्माण गर्न भूप्राविधिक अनुसन्धान अर्थात माटो परीक्षण गर्ने कार्य अघि बढाइएको ट्रेसेवल मेजरमेन्ट कम्पनी अन्तर्गत माटो परीक्षणमा खटिएका सिनियर इन्जिनियर हरिकुमार अधिकारीले जानकारी दिए ।
पूर्वाधार निर्माणका लागि कम्पनीले उत्तरी कोरला नाकाको दश गजा क्षेत्रको दक्षिण ५० मिटर नेपालतर्फको भूभाग र लोमान्थाङ २ छोसेरको नेचुङमा भू प्राविधिक अनुसन्धान गर्ने कार्यतालिका रहेको सिनियर इन्जिनियर अधिकारीले उल्लेख गरे ।
अनुसन्धानका लागि माटो परीक्षण गर्न उत्तरी कोरलानाका क्षेत्रमा रोटरी ड्रिलिङ ४३ वटा होल्ड (प्वाल) र नेचुङमा ७ वटा रोटरी ड्रिलिङ होल्ड(प्वाल) खनेर माटोको नमूना संकलन गरिने भएको छ ।
त्यहाँ माटोको नमूना संकलनका लागि खटिएको रोटरी ड्रिलिङले बनाउने प्रत्येक प्वाल २० मिटर गहिरा हुने छन् । यसका लागि कम्पनीले रोटरी ड्रिलिङ उपकरण प्रयोगमा ल्याइएको छ । माटो परीक्षणका लागि नमूना संकलन गर्न कोरला नाकामा अहिले ८ प्राविधिक खटिएका छन् ।
पूर्वाधारका लागि संरचना निर्माण गर्न गरिएको भूप्राविधिक अनुसन्धान अन्तर्गत माटोको नमूना संकलन गर्ने कार्य वातावरण अनुकूल भएमा ३० देखि ४५ दिनभित्र फिल्डको काम सक्ने लक्ष्य छ । कोरला क्षेत्र र नेचुङमा रोटरी ड्रेलिङ हेल्ड प्वाल ५० वटाबाट माटोको नमूना संकलन गरेर काठमाडौं स्थित ल्याबमा परीक्षण गरिने भएको छ ।
यहाँ भन्सार लगायतका संरचना निर्माण परियोजनाको लागत करिब १ करोड छ । कोरला नाका परियोजनाका लागि कोरलानाकामा आइसिडी र आइसिपीको विस्तृत इन्जिनियर सर्वेक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को जिम्मा नेपाल इन्टरमोडल यातायात विकास बोर्ड र नेपाल इन्टरमोटल यातायात विकास समितिले लिएको हो । कोरला नाकाको विस्तृत परियोजना प्रतिविदेनको परामर्शदाताको रुपमा सितारा कन्सल्ट प्रालि छ ।
यसअघि चालु वर्षको फागुनमा कोरोनाकाको दशगजा क्षेत्रमा भौतिक संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्वे सुरु गरिएको थियो । सर्वेका लागि नेपाल उद्योग वाणिज्य मन्त्रालय, आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत सर्वे गरिएको थियो । उनीहरुले कोरलानाकामा भन्सार, अध्यागमन, सुरक्षा पोस्ट र सुख्खा बन्दरगाह निर्माण गर्ने सर्वेको प्रारम्भिक भईसकेको छ ।
कोरला नाकामा सितारा इन्टुसिप फुलराईट जेभीका प्राविधिकले २ महिनासम्म सर्वे गरेका थिए । सरकारले उत्तरी कोरलानाकाको दशगजा क्षेत्रको दाँया र बाँया १ हजार रोपनी जग्गा लालपुर्जा प्राप्त गरिसकेको छ । चीनले कोरलानाको तिब्बती भूमीमा आफ्नो भव्य भौतिक संरचना निर्माण गरिसकेको छ । नेपालतर्फ भने बल्ल डिपिआर सर्वे लगायतको काम अघि बढेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया