सोसल पब्लिक स्कुलले एसइई फुटसल प्रतियोगिता गर्ने

पोखरा ।
पोखरा १० बुद्धचोकस्थित सोसल पब्लिक स्कुलद्वारा आयोजित प्रथम एसइई फुटसल प्रतियोगिता भएको छ । २०७९ सालको एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्ष्य गरी आयोजित प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ । सोमबार पोखरामा भएको फाइनल खेलमा प्रतियोगिताको आयोजक सोसल पब्लिकले वेलनन एकेडेमी सम्मिलित टिमलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै सोसल पल्लिकले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता वेलननले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, विद्यालयका संस्थापक प्रबन्ध निर्देशक खिम गुरुङ, विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्मालगायतले नगद, सिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सोसल पब्लिकमा बाल कक्षा देखि १२ कक्षासम्म अध्ययन अध्यापन हुँदै आएको छ । सो विद्यालयमा कक्षा ११–१२ अन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा अध्ययन अध्यापन हँदै आएको विद्यालयका संस्थापक प्रवन्ध निर्देशक गुरुङले जानकारी दिए ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया