बालगृहलाई बराल परिवारको सहयोग

पोखरा ।
समाजसेवी परशुराम बरालको परिवारले सिर्जना बालगृहको अक्षयकोष स्थापनाको लागि २५ हजार ५सय ५५ सहयोग गरेको छ । बरालका छोरा प्रवेश बराल र बुहारी सुमना बरालले विवाहको वर्षगाँठको अवसरमा उक्त सहयोग प्रदान गरेको बाल गृहका संयोजक सोमनाथ बरालले जानकारी दिए ।
सिर्जना विकास केन्द्रले द्वन्द्व पीडित तथा अभिभावकविहीन बाल बालिकालाई व्यवस्थापन गर्न स्थापना गरेको बालगृहमा १६ बालिका पूर्ण रुपमा आश्रित छन् । केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले २०३७ सालदेखि शैक्षिक, सामाजिक तथा महिलालाई उद्यमी बनाउन योगदान गरेको केन्द्रले बालगृहसँगै महतगौंडा खानेपानी परियोजना चलाइको बताए ।
कार्यक्रममा केन्द्रका सल्लाहकार सभापति गणेशबहादुर अधिकारी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, सचिव भीम सुवेदी, कोषाध्यक्ष कृष्णप्रसाद बराल, केन्द्रका प्रमुख दीलिप सुवेदी लगायतले बालगृहको विविध पक्षमा बोलेका थिए । बालगृहको सञ्चालन तथा व्यवस्थापनको लागि खडा गरेको अक्षयकोष बढाउनका लागि केन्द्रले आम समुदाय तथा सामाजिक संघ संस्थालाई आग्रह गरेको छ ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया