६५ युनिट रगत संकलन

पोखरा ।
सल्यानी समिति कास्कीले खुला रक्तदान आयोजना गरेको छ । समितिले १७ औं पटक आयोजना गरेको रक्तदानमा ६५ युनिट रगत संकलन भएको अध्यक्ष शुक्रराज पौडेलले बताए ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पहिलो रक्तदाता नमराज केसीलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । उनले राजनीतिभन्दा माथि उठेर विकास, निर्माणका काम अगाडि बढ्न सल्यानी समिति कास्कीले सहयोगी भूमिका खेलेको बताए । उनले पालिकामा स्थानीय उत्पादन बढाएर बजारीकरणको लागि सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा, अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष आइन्दल गुरुङ, वडा नम्बर ५ का अध्यक्ष जीवनाथ पौडेल, पूर्व गाविस अध्यक्ष पोषनाथ शर्मा, सल्यानी समिति कास्की उपाध्यक्ष विष्णु थापा केसी र सचिव गोविन्द पौडेलले रक्तदानको महत्वबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया