मनिपाल अस्पतालमा एक्सप्रेसन कार्यक्रम हुने

पोखरा ।
मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम ’२०२३’ गर्न लागेको छ । एक्सप्रेसन कार्यक्रम जुलाई २२ (साउन ६ गते) बाट हुने प्रोग्राम सेक्रेटरी डा. राहुल गोइतले बताएका छन् ।
उनले कोभिडले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले ऊर्जा थप्ने बताए । कार्यक्रममा विभिन्न विधाअन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, वादविवाद प्रतियोगितालगायत गतिविधि समावेश गरिने जानकारी दिए । अस्पतालका निर्देशक डा. अभिषेक मास्केले दैनिकी काममा व्यस्त डाक्टरहरूलाई यो कार्यक्रमले जोड्न सफल हुने बताए । उनले कलिला मस्तिष्क र बालापन पछाडि छोडेका मनहरू एकीकृत गर्न एक्सप्रेसनबाट सफल हुने आशा पलाएको बताए ।
अस्पतालका सिइओ अनिल ओडुविलले मनिपाल शिक्षण अस्पतालले हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको जानकारी दिए । कोभिडका कारण केही असहज भए पनि अब फेरि पुराना कार्यक्रमलाई सुचारु गर्न लागिएको उनले बताए ।
तपाईको प्रतिक्रिया