
पोखरा ।
गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा ६६.०७ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७९/८० मा विनियोजन भएको ३५ अब ९० करोड ९० लाख बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालुतर्फ ८ अर्ब ४५ करोड ६९ लाख ८ हजार ५ सय ५५ र पुँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १ सय ७७ रुपैयाँ खर्च भएको लेखा अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । चालुतर्फ १२ अर्ब ५५ करोड ७१ लाख ४९ हजार २ सय २ रुपैयाँ, पुँजीगत बजेट २२ अर्ब ८५ करोड १८ लाख ५० हजार ७९८ रुपैयाँ र वित्तीय व्यवस्थामा ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
हरेक वर्ष गण्डकी सरकारले ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य राख्ने गरेको । तर, अहिलेसम्म पनि प्रदेश सरकारले लक्ष्य भेट्टाउन सकेको छैन । यस वर्ष पनि बजेट खर्च ६६ प्रतिशतमा सीमित रह्यो । प्रदेश स्थापना भएपछिको बजेट खर्च हेर्दा अधिकतम ७३ प्रतिशत छ ।
नेपालमा आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च बढी हुने प्रवृत्तिले यसपालि पनि निरन्तरता पायो । गण्डकी प्रदेशमा अघिल्लो आर्थिक वर्षको फागुन मसान्तसम्म २५.५९ प्रतिशत खर्च भएको थियो । तर, बाँकी ४ महिनामा त्यो बढेर ७०.४२ प्रतिशत पुग्यो । चालु आर्थिक वर्षमा पनि फागुन मसान्तसम्म २५.१४ प्रतिशत बजेट खर्च भएको थियो । तर, बाँकी ४ महिनामा त्यो बढेर ६६.०७ प्रतिशत पुग्यो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुँजीगततर्फ ७५.३८ प्रतिशत र अर्थ मन्त्रालयमा ८०.६७ प्रतिशत, पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ८३.३१ प्रतिशत बजेट खर्च भएको छ । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय ६६.९२, कानुन मन्त्रालयले ३०.४५, आन्तरिक मामिलाले ८४.१४, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ८८.३१, भौतिक पूर्वाधार मन्त्रालयले ५७.४८, उर्जा, जलस्रोत तथा खानेपानीले ८५.४४, सामाजिक विकास मन्त्रालयले ८३.८३, युवा तथा खेलकुद मन्त्रालयले ७६.७९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६१.४९ प्रतिशत खर्च गरेका छन् ।
लक्ष्य भेट्न मुस्किल
प्रदेश सरकारले हरेक वर्ष ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिने गरेको । चालु आवमा पनि ८० प्रतिशत खर्च गर्ने लक्ष्य ल्याएको राखेका थियो । तर, सरकारको बजेट खर्च ६६ प्रतिशतमै सीमित रह्यो । हालसम्म प्रदेश सरकारले आफ्नो लक्ष्य भेट्टाउन सकेको छैन । हालसम्म प्रदेश सरकारले अधिकतम ७३ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले बजेटको ७३ प्रतिशत बजेट खर्च गरेको थियो ।
प्रदेश सरकारले २०७५/७६ मा ५८.१० प्रतिशत, २०७६/७७ मा ६३.७१ प्रतिशत, २०७८/७९ मा ७०.४२ प्रतिशत विकास बजेट खर्च गरेको थियो । संघीयता आएसँगै बजेट खर्च बढ्ने आकलन गरिएको थियो । प्रदेशहरुमा अहिलेको बजेट खर्चको अवस्था हेर्दा उनीहरुको कार्यक्षमतामाथि नै प्रश्न गर्ने थुप्रै ठाउँ भेटिन्छन् । विकास खर्च गर्ने भन्दै ठूलो रकम विनियोजन गरिए पनि खर्च गर्न भने सकेको देखिँदैन ।
काम नगर्ने कर्मचारीको प्रवृत्तिले बजेट खर्च कम हुने गरेको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक एवं अर्थशास्त्री डा. लेखनाथ भट्टराई बताउँछन् । ‘प्रदेशमा आउँछन्, सरुवा भएर गइहाल्ने हो भन्छन् । अनि नियमित तरिकाले काम गर्दैनन । जसले गर्दा बजेट खर्च हुन सक्दैन’, उनले भने, ‘प्रदेशले बजेटको अख्तियारी समयमै नपाउँदा पनि बजेट खर्च बढ्न सकेको छैन ।’

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया