
जोमसोम ।
उत्तर—दक्षिण जोड्ने व्यापारिक मार्ग विस्तारित आयोजना, राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण—३ रुप्सेमा बेलिब्रिज स्थानान्तरण अन्तिम चरण पुगेको छ । गत फागुन ८ गते रुप्सेमा बेलिब्रिजसहित करिब २५० मिटर सडक स्तरोन्नति गर्न सडक विभागले मुक्तिनाथ निर्माण सेवासँग ३ करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता भएसँगै कन्ट्रक्सनले ४ महिनामा बेलिब्रिज पुल स्थानान्तरण सम्पन्न गर्न लागेको हो ।
राष्ट्रिय गौरवको सडक अन्तर्गत म्याग्दीको पोखरा बगरमा सञ्चालनमा रहेको ४८ मिटर लामो बेलिब्रिज त्यहाँ पक्की पुल बनेसँगै फाल्टु बनेको थियो । त्यही बेलिब्रिज पुललाई उप्काएर रुप्सेमा जडान गरिएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।
सडक विभागको सम्झौता अनुसार बेलिब्रिजका लागि बेनीतर्फको क्षेत्रमा १० मिटर र जोमसोमतर्फको क्षेत्रमा ५ मिटरको ग्याबि वाल र आरसिसी वाल स्ट्रक्चर निर्माण गरी बेलिब्रिज जडान गरिएको उनले जनाए । ‘बेलिब्रिज फिटिङ अन्तिम चरणमा छ,एप्रोज रोड र फिनिसिङका काम बाँकी छन्,’ आयोजना प्रमुख प्रजापतीले भने, ‘अब दुई दिनभित्र बेलिब्रिज जडान सकिन्छ, सवारी आउजाउ गर्न योग्य हुन्छ ।’
म्याग्दी रुप्सेमा सडक तथा बेलिब्रिज स्थान्तरणका लागि निर्माण कन्ट्रक्सनले १ वर्षको सम्झौता गरेको हो । रुप्से सडकको काम तोकिएको अवधिमा स्तरोन्नति सकिने आयोजना प्रमुख प्रजापतीले बताए । आयोजनाले ३ वर्षअघि रुप्सेको सोही स्थानमा पक्की पुल निर्माणको योजना अघि बढाएको थियो । तर, त्यहाँ निर्माणाधीन अवस्थामा रहेको पक्की पुलमा बर्खायामको बाढीले क्षति तुल्याएपछि सडक सास्ती बनेको थियो । रुप्सेमा पुल नहुँदा म्याग्दीबाट मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई बर्खायाममा निकै सास्ती हुने गरेको थियो । कमजोर भुबनोटका कारण म्याग्दीको मुख्य राजमार्ग सडकको संरचनामा क्षति हुन्छ ।
बेनी—जोमसोम सडकको सबैभन्दा बढी सडक क्षति हुने स्थान रुप्सेमा पुल नहुँदा सडक आवागमनमा कठिन हुने गरेकोमा अब केही दिन सो स्थानमा सवारी आवागमन सहज हुने सडक सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । उनले बेलिब्रिज स्थान्तरण द्रुत गतिमा भइरहेकाले २/३ दिनमा पुल सम्पन्न हुने दाबी गरे ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया