लेखनाथ सामुदायिक सेवा केन्द्रको भवन

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको नवनिर्मित भवनबाट सेवा सुरु भएको छ । उक्त भवन निर्माणमा भएको खर्च विवरण शनिबार सार्वजनिक गरिएको छ । भवन निर्माणका सहयोगदाताहरुको नाम उल्लिखित शिलालेख कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अनावरण गरेका थिए । उनले त्यस अवसरमा समाज सुधारका लागि सामाजिक संघसंस्थाहरुको सहकार्य अनिवार्य भएको बताए ।
घिमिरेले भवन निर्माणलाई मात्र महत्व नदिई त्यहाँबाट प्रदान गरिने सेवालाई महत्व दिँदै समाजमा देखिएका विकृति र विसंगतिको न्यूनीकरणका लागि स्थानीय स्थरमा रहेका सामाजिक संघसंस्थासँग सरकारी निकायको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले नीति नियम र व्यावहारिक पक्षलाई ध्यानमा दिँदै वडाको विकासका लागि हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
कर्यक्रममा नेपाली काग्रेसको नेता राजेन्द्रमणि लामिछाने, नेकपा एमालेका टीकाराम पंगेनी, नेकपा माओवादी केन्द्रकी नेतृ निर्मला सुवेदी, डाँडाकोनाक प्रहरी चौकीका इन्चार्ज प्रकाश दाहाल, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र सम्पूर्ण आमा समूहको तर्फबाट देवी अधिकारी लगायतले समाज सुधारको क्षेत्रमा सेवा केन्द्रले गरेको काममा सबैको साथ र सहयोग आवश्यक रहेको सुझाव राखेका थिए ।
सेवा केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष तथा सेवा केन्द्रका पूर्व अध्यक्ष त्रिलोचन लामिछानेले भवन निर्माणमा १६ लाख २१ ह्जार एक सय ६४ खर्च भएको र १३ लाख ६१ हजार ७८ रुपैयाँ संकलन भएको हिसाबकिताब सार्वजानिक गरेका थिए । सेवा केन्द्रका उपाध्यक्ष गंगा खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सहसचिव दीपक भण्डारीले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया