म्याराथन संयोजकमा दिल

पोखरा ।
नेपालको चर्चित र जेठो म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को मुख्य संयोजकमा दिलबहादुर गुरुङ मनोनयन भएका छन् ।
नेपाली अग्रज खेलाडीको छाता संस्थाले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथन १८ औं संस्करणको पोखरा म्याराथन आगामी २०८० फागुन ५ गते हुनेछ ।
मञ्चको शनिबार पोखरामा भएको बैठकले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को मुख्य संयोजकमा गुरुङलाई मनोनयन गरेको हो ।
पोखरा म्याराथनले पोखरालाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियरुपमा पहिचान गराउनेसँगै पोखरालाई खेलकुद पर्यटनको हबको रुपमा विकास गर्न महत्वपर्ण भूमिका खेल्दै आएको बताउँदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले मञ्चका प्रथम उपाध्यक्ष गुरुङलाई बैठकले मुख्य संयोजकमा मनोनयन गरेको जानकारी दिए ।
१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा मुख्य संयोजक मनोनयन भएका प्रथम उपाध्यक्ष गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्यसमेत हुन् । बैठकले मञ्चको पहलमा सञ्चालन गर्न लागेको एथलेटिक्स एकेडेमी बारे वृहद् छलफल गरेको र महासचिव तिमिल्सिनाको संयोजकत्वमा एकेडेमीको कार्यविधि तयार गर्न कार्यदल गठनसमेत गरेको छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया