यातायात मजदुर संगठनमा डिलबहादुर

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी महानगर कमिटी पोखराको दोस्रो अधिवेशन शनिबार भएको छ । अधिवेशनले अध्यक्ष डिलबहादुर नेपाली (डिबी)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
कमिटीको उपाध्यक्ष झकवीर थापा, सचिव जितु परियार, सहसचिव कृष्णबहादुर मगर र कोषाध्यक्ष नेत्रबहादुर विक छन् ।कमिटीको सदस्यमा श्याम केसी, रामप्रसाद पौडेल, मनबहादुर तामाङ, वसन्तराज रानाभाट, प्रकाश पौडेल छन् । सल्लाहकारमा अमृत गुरुङ छन् ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलेसरकारले २० वर्षे सवारीलाई विस्थापन गर्न लागेकोमा असहमति प्रकट गरे । उनले २० वर्षे प्रावधान हटाउन नसके ८ हजार ५ सय व्यवसायी यो वर्ष विस्थापित हुने बताए । ‘२० वर्षे प्रावधान यातायात मजदुर तथा व्यवसायीको साझा समस्या हो,’ उनले भने, ‘यस्तो प्रावधानलाई खारेज नगरे खाडी मुलुक जानुको विकल्प छैन ।’
उनले सो व्यवस्था लागु भए धेरै व्यवसायी र मजदूर सडकमा पुग्ने दाबी गरे । सवारी साधनको यान्त्रिक परीक्षणका आधारमा उपयुक्त सवारी साधनलाई मात्र चल्न दिने व्यवस्था गर्न सकिने प्रस्ताव गर्दै अध्यक्ष राइले सबै प्रदेशका फिटनेस भेइकल टेस्ट सेन्टर राखेर क्रमशः सवारीहरु विस्थापित गर्न सकिने बताए ।
उनले बहुर्रािष्ट्रय कम्पनीले नेपालको सवारी साधन विस्थापन गर्नका लागि राज्य संयन्त्रलाई हातमा लिएको दाबी गरे । उनले सवारी ऐन २०४९ यातायात मजदुरमैत्री नभएको तर्क गरे । उनले २० वर्षे प्रावधान तथा ऐन संशोधनका लागि आन्दोलनमा जाने घोषणा गरे । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले २०८० वैशाख १ गते देखि अनौपचारिक क्षेत्रका श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सूचिकृत हुने घोषणा कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रतिनिधि परिषद् उपप्रमुख कर्णसिं गुरुङ, महासचिव केशवबहादुर थापा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ट्याक्सी तर्फबाट वर्गीय संयोजक तथा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारी, पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, संगठनका उपमहासचिव विष्णुबहादुर पराजुली, गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर केसी, प्रदेश कमिटी सचिवालय सदस्य तथा ट्याक्सी महानगर कमिटीका इन्चार्ज बालकृष्ण पोखरेल, संगठनको लामो दूरी तथा मिनीबस इकाइ अध्यक्ष खेमबहादुर भुजेल, संगठन ट्याक्सी महानगर कमिटी पोखराका अध्यक्ष मदनकुमार सुनार लगायतले यातायात क्षेत्रका समस्याको बारेमा बोलेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया