पोखरा विश्वविद्यालय २७ वर्षमा

पोखरा ।
पोखरा विश्वविद्यालय स्थापना भएको २६ वर्ष पुगेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ विस २०५४ साउन १ गते जारी भएको थियो । हरेक वर्ष साउन १ गतेलाई पोखरा विश्वविद्यालयले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
स्थापना दिवसको अवरमा विश्वविद्यालयले सोमबार कार्यालय परिसरमा सरसफाइ गर्यो । विश्वविद्यालयको स्थापना, विकास र विस्तारबारे बिमर्शसमेत भएको छ । कार्यक्रममा पोखरा विश्वविद्यालय उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकाले नया“ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकाले आफैंमा धानिन सक्नेगरी आंगिक कलेजको विस्तार, नयाँ विधा र क्षेत्रमा नयाँ कलेजलाई सम्बन्धन दिनैपर्नेमा उनको जोड छ । कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रम परिमार्जन गर्दै जाने नीति लिइने उनले सुनाए ।
पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा तीर्थराज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाइडलाई प्राथमिकतामा राखी योग्यता अद्यावधिक गर्दै जानुपर्ने विचार राखे । रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत नै विद्यार्थी भएकोले नया“ नया“ ठाउ“मा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्नेमा जोड दिए ।
मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सहप्राडा अजय थापाले विश्वविद्यालय शून्यबाट सञ्चालन भई स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहमा कार्यक्रम सञ्चालन भइरहेको बताए । ६६ कलेज अन्तर्गत ६४ कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थीलाई शिक्षा दिनु गर्वको विषय भएको उनले सुनाए । विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले विद्यार्थी कलेक्सन होइन, सेलेक्सनबाट लिनसक्ने गरी रणनीति बनाउनुपर्ने बताए ।
कार्यक्रममा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन सहप्राडा अमर नागिला, व्यवस्थापन संकायका डिन सहप्राडा दयाराज ढकाल, परीक्षा नियन्त्रक सहप्रा तुल्सीराम भण्डारी, कार्यकारी परिषद्का सदस्य उपप्राध्यापक योगराज लामिछाने, योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्राडा दीपकराज पौडेल, प्राध्यापक संघका सभापति सहप्राडा निरञ्जन श्रेष्ठ, विश्वविद्यालय सभाका सदस्य रामबाबु भण्डारी, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सहप्राडा पूर्णबहादुर खाँड, स्कुल अफ बिजनेसका निर्देशक सहप्राडा श्रृजन ज्ञवाली, कर्मचारी संघका अध्यक्ष चोलाकान्त च्वाँई, उपप्रशासक शिवराज पण्डित लगायतले बोलेको सूचना अधिकारी लोकप्रसाद ढकालले जनाए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया