मुस्ताङका कैदीबन्दीलाई फलफूल सहयाेग

समाधान संवाददाता २०८० साउन २ गते १२:३०

जोमसोम ।
नेपाल मानव अधिकार एलाइन्सले मुस्ताङ कारागारका कैदीबन्दीलाई फलफूल वितरण गरेको छ । नेपाल मानव अधिकार एलाइन्सको २३ औं स्थापना दिवसमा एलाइन्स मुस्ताङ शाखाले सोमबार फलफूल वितरण गरेको हो ।

Advertisement


मुस्ताङ शाखाका अध्यक्ष रमेश भट्टचन, सचिव तिलक विकसहित संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ, जिल्ला समन्वय समिति उपप्रमुख आइतलाल थकाली र एमाले मुस्ताङ अध्यक्ष आशबहादुर थकालीले कारागारका कैदीबन्दीलाई सहयोग गरेका हुन् ।


टोलीले मुस्ताङ कारागारका जेलर भगवानलाल शाहलाई ती सामाग्री हस्तान्तरण गरे । एलाइन्सको स्थापना दिवसको अवसरमा संस्थाले देशभरी नै कारागार तथा अस्पतालका बिरामीलाई फलफूल लगायतका कार्यक्रम गरेको छ ।


एलाइन्सले मुस्ताङमा केही ढिलो गरी कैदीबन्दीलाई फलफूल वितरण गरेको अध्यक्ष रमेश भट्टचनले बताए । मुस्ताङ कारागारमा हाल १३ कैदी बन्दी रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया