राम गुरुडलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार

पोखरा ।
रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार यस वर्ष फोटोपत्रकार राम गुरुङलाई दिइने भएको छ । पोखरा फोटोग्राफर संघको मंगलबार भएको ४२ औं वार्षिकोत्सवमा पुरस्कृत व्यक्तित्वको नाम घोषणा भएको हो ।
संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवि र उनकी पत्नी तीर्थले आफ्ना बाआमाको स्मृतिमा स्थापना गरेको यो यस पुरस्कार फोटोग्राफीको माध्यमबाट समाजमा उल्लेखनीय भूमिका खेल्ने फोटोग्राफरलाई प्रदान गरिँदै आएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि नगद २५ हजार ५ सय ५५ र सम्मानपत्र छ ।
विश्व फोटोग्राफी दिवस अगस्ट १९ मा पुरस्कार वितरण हुने संघले जनाएको छ । यसअघि यो पुरस्कारबाट पोखराका अग्रज फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजू, रमा राना, मदन सुब्बा र दमौलीका कुमारमोहन श्रेष्ठ सम्मानित भइसकेका छन् ।
घनश्याम पौडेल संयोजक रहेको प्रतिभा छनौट समितिले रामलाई पुरस्कार दिन सिफारिस गरेको हो । समितिका सदस्यमा दुर्गाप्रसाद पौडेल, रामचन्द्र पोख्रेल, देवानन्द पोख्रेल, सन्देश उदास, टीकाराम पराजुली र अक्षयकोषदाताको तर्फबाट तीर्थ श्रेष्ठ थिए ।
पुरस्कृत व्यक्तित्व राम गुरुङ अढाइ दशकदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । उनी पोखरा सिटी डटकमका सञ्चालकसमेत हुन् । उनले सहारा खेलकुद पत्रकारिता पुरस्कार २०६७, राष्ट्रिय फोटोपत्रकार अवार्ड २०७३, तमु पत्रकारिता प्रोत्साहन पुरस्कार २०७४, आदिवासी जनजाति महासंघ स्वतन्त्र फोटोपत्रकारिता अवार्ड २०७४, नेपाल भूतपूर्व खेलाडी मञ्च पत्रकारिता पुरस्कार २०७८, गजेन्द्र भण्डारी स्मृति पुरस्कार २०७७ आदि पाइसकेका छन् ।
संघले वार्षिकोत्सवको अवसरमा मंगलबार बिहान आयोजना गरेको रक्तदानमा ६० युनिट रगत संकलन भएको छ ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया