४ महिनामै बन्यो एप्रोजसहितको रुप्से बेलिब्रिज ,सवारीलाई सहज

जोमसोम—उत्तर÷दक्षिण जोड्ने व्यापारिक मार्ग विस्तारित आयोजना, राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण—३ रुप्सेमा निर्माणधिन बेलिब्रिज निर्माण सम्पन्न छ । गत फागुन ८ गतेदेखि रुप्सेमा बेलिब्रिजसहित करिव २५० मिटर सडक स्तरोन्नति गर्ने कार्य थालिएकोमा ४ महिनामा निर्माणधिन बेलिब्रिज संञ्चालनमा ल्याईएको आयोजनाका सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
म्याग्दीको अन्नपूर्ण—३ रुप्से खोलामा बेलिब्रिजको संरचना तथा बेलिब्रिज स्थान्तरणपछि मंगलबार बिहानैदेखि बेलिब्रिजबाट सवारी साधन तथा मालवाहक सवारी आउजाउ गर्न थालेको सडक सुपरभाईजर शेरचनको भनाई छ । रुप्सेमा पुल नहुँदा म्याग्दी—मुस्ताङ आउजाउ गर्ने सवारीलाई निकै सास्ती हुने गरेकोमा अब त्यो समस्या समाधान भएको सडक सुपरभाईजर शेरचनले खुलाए ।
सडक विभागले मुक्तिनाथ निर्माण सेवासंग ३ करोड ५९ लाखमा ठेक्का बेलिब्रिज निर्माणसहितको काममा सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएसंगै कन्ट्रक्सनले ४ महिनाको अवधिमा बेलिब्रिज पुल निर्माण सम्पन्न गरेको हो ।
राष्ट्रिय गौरवको सडक अन्तर्गत म्याग्दीको पोखरे बगरमा संञ्चालनमा रहेको ४८ मिटर लामो बेलिब्रिज त्यहाँ पक्की पुल बनेसंगै फाल्टु बनेको थियो । त्यही बेलिब्रिजलाई उप्काएर रुप्सेमा जडान गरिएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।सडक विभागको सम्झौता अनुसार बेलिब्रिजका लागि बेनीतर्फको क्षेत्रमा १० मिटर र जोमसोमतर्फको क्षेत्रमा ५ मिटरको ग्याविक वाल र आरसीसी वाल स्टक्चर निर्माण गरी बेलिब्रिज जडान गरिएको उनले जनाए । ‘बेलिब्रिज संञ्चालनमा ल्याईएको छ र फिनिसिंङका काम पनि सकियो,’आयोजना प्रमुख प्रजापतीले भने,‘ अब आजै बिहान बेलिब्रिज जडान सकियो, सवारी आउजाउ गर्न योग्य भएको छ ।’
म्याग्दी रुप्सेमा सडक तथा बेलिब्रिज स्थान्तरणका लागि निर्माण कन्ट्रक्सनले १ वर्षको सम्झौता गरेको हो । रुप्से सडकको काम पनि तोकिएको अवधिमा स्तरोन्नति सकिने आयोजना प्रमुख प्रजापतीले बताए ।
आयोजनाले ३ वर्षअघि रुप्सेको सोही स्थानमा पक्की पुल निर्माणको योजना अघि बढाएको थियो । तर, त्यहा निर्माणधिन पक्की पुलमा बर्खायामको बाढीले क्षति तुल्याएपछि सडक सास्ती बनेको थियो । रुप्सेमा पुल नहुँदा म्याग्दीबाट मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई बर्खायाममा निकै सास्ती हुने गरेको थियो । कमजोर भुवनोटका कारण म्याग्दीको मुख्य राजमार्ग सडकको संरचनामा क्षति हुने गर्छ ।
तपाईको प्रतिक्रिया