८० वर्षीय मगरलाई सहयोग

पोखरा ।
नेपाल मगर संघ माटेपानी इकाइ समितिले पोखरा १२ ले ८० वर्षका चन्द्रबहादुर थापामगरलाई खाद्यान्न सहयोग गरेको छ । तनहुँ घर भई पोखरा १३ जय नेपालमार्ग स्थित सुकुम्बासी टोलमा बस्ने थापालाई ४ हजार ५ सय बराबरको दाल, चामल, नून, तेल लगायतका सामग्री प्रदान गरिएको समितिका सचिव इन्जिनियर बमबहादुर श्रीषमगरले जानकारी दिए ।
समितिका अध्यक्ष पूर्णबहादुर थापामगरले विगत १६ वर्षदेखि सुकुम्बासी टोलमा एक्लै बस्दै आएका थापाको आयस्रोत केही नभएको तथा रेखदेख गर्ने आफन्तसमेत नभएको उल्लेख गरे । थापाकी श्रीमतीको १६ वर्ष पहिले नै निधन भएको हो । मगर संघ माटेपानीका संस्थापक सदस्य थापाका छोराबुहारी तनहुँमा बस्दै आएका छन् ।
कार्यक्रममा मगर संघ माटेपानी इकाई समितिका पूर्व अध्यक्ष डिलबहादुर श्रीषमगर, महिला उपाध्यक्ष तुलसी थापामगर, निवर्तमान सहसचिव ज्ञानबहादुर थापामगर, पारु थापामगरले बोलेका थिए ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया