नेपालमा भ्रूण वायोप्सी सेवा सुरु

काठमाडौं ।
नेपालमा पहिलोपटक टेस्ट ट्युबबाट जन्मिने बच्चाको ‘भ्रूण वायोप्सी’ सुरु गर्ने तयारी गरिएको छ । निःसन्तान परिवारका लागि सञ्चालनमा आएको स्लाभिका आइभिएफ (टेस्ट ट्युब बेबी) केन्द्रले निकट भविष्यमा नै भ्रुण वायोप्सी सेवा नेपाली चिकित्सकबाट नै उपलब्ध गराउने भएको हो ।
केन्द्रका सञ्चालक डा निलम ठाकुरले यसअघि भारतबाट भ्रुण वायोप्सीका लागि जनशक्ति झिकाउने गरेको भए पनि अब केन्द्रमै उक्त सेवासहितको सुविधा प्रदान गरिने जानकारी दिए । उनले चाँडै भ्रूण वायोप्सी सेवा सुरु गर्ने जानकारी दिए ।
भ्रुण वायोप्सीबाट टेष्ट ट्युबबाट जन्मिने बच्चामा भ्रूण वायोप्सीले वांशानुगत रोग छ कि छैन, बच्चा पेटमा बस्ने क्षमता बढाउने, स्वस्थ्य बच्चा छ/छैन भन्ने कुरा पत्ता लगाइन्छ । सोही आधारमा आइभिएफ प्रविधिबाट निःसन्तान परिवारले बच्चा जन्माउँछन् ।
‘आइभिएफबाट बच्चा जन्माउँदा भ्रूण वायोप्सी गर्नका लागि भारतबाट जनशक्ति मगाउँदा परिवारलाई २ देखि ३ लाख बढी खर्च हुने गर्दथ्यो’, उनले भने, ‘हामीसँग दक्ष जनशक्ति भएपछि अब निःसन्तान परिवारको यो रकम जोगिन्छ ।’ केन्द्रमा इम्बोयोलोजिस्ट डा अजयजंग कुँवर र डा सम्झना छन् ।
आइभिएफ प्रविधिबाट भ्रूण आमाको पेटमा राख्नुभन्दा अगाडि भ्रूणमा अनुवाङ्शिक रोग छ वा छैन भन्ने कुरा पनि प्रि–इम्प्लान्टेसन जेनेटिक स्क्रिनिङ विधिबाट पत्ता लाग्ने अनुवाङ्शिक रोग विशेषज्ञ डा ठाकुरले बताए । नेपालमा अहिले पनि निःसन्तान हुने बाँझोपन पुरुषमा पनि बढ्दै गएको छ । अस्वस्थ्य खानपान, अत्यधिक गर्मी ठाउँमा काम गर्ने भएकाले पुरुषमा पनि बाँझोपन बढ्दै गएको हो ।
पुरुषको शुक्रकिटको कमी, शुक्रकिटको गतिशीलता कमी, शुक्रकिटमा भएको खराबी, शुक्रकिट आपूर्ति हुने नलीमा अवरोधज स्ता कारणले बाँझोपन बढ्दै गएको निःसन्तान रोग विशेषज्ञ डा निकिता दाहालले सुनाइन् । यस्तै हार्मोनको गडबडी उच्च तापक्रमको वातावरण वशाङ्णुगत समस्याका कारणले पनि पुरुषमा बाँझोपन बढ्दै गएको छ ।
निःसन्तान हुने कुल संख्यामा ३० प्रतिशत पुरुषमा समस्या देखिएको छ । पहिले २० प्रतिशत थियो । यसैगरी महिलामा ५० प्रतिशतमा निःसन्तानको समस्या देखिएको छ भने २० प्रतिशत महिला र पुरुष दुवैका कारणले निःसन्तान हुने गरेको छ । महिलामा अस्वथ्यकर खाना, पाठेघरको नली बन्द हुनु कम वा थोरै मात्रामा डिम्ब ग्रन्थी रिजर्भ हुनु, मोटोपना, बढ्दो उमेर मद्यपान तथा धूमपान सेवन गर्दा निःसन्तान हुने समस्या देखिने गर्दछ ।
तपाईको प्रतिक्रिया