
तनहुँ ।
तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउँछ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ । नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
‘घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ,’ उनले भने, ‘नगरपालिकाभित्र फोहरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ ।’
नगरपालिकाले उठाएको फोहोरमैला वडा नम्बर १ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिन्छ । सबै वडाबाट संकलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । उक्त जग्गा नगरपालिकाले फोहर व्यवस्थापनकै लागि खरिद गरेको हो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।






मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया