२६ जनालाई सुन्ने मेसिन सहयाेग

पोखरा ।
समुदायका आधारित पुनस्र्थापना सेवा (सिबिआरएस) नेपाल पोखराले सुस्त श्रवण भएका व्यक्तिलाई शनिबार श्रवण यन्त्र प्रदान गरेको छ । कास्कीको मादीका २२ र स्याङ्जाको आँधीखोलाका ४ गरी सुस्त श्रवण भएका २६ जनालाई सुन्ने मेसिन वितरण गरिएको संस्थाका अध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए ।
संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार लामिछानेले मादीका १२ वडामा सर्वेक्षण गर्दा सबै प्रकृतिका ४ सय १९ अपांगता भएका व्यक्ति भेटिएको बताए । ‘तीमध्ये ९० कान नसुन्ने (बहिरा) भएको पत्ता लागेको थियो,’ उनले भने, ‘हरियो खर्क अस्पतालमा ल्याएर उपचार गर्दा २२ जनाका लागि श्रवणयन्त्र आवश्यक देखिएकाले प्रदान गरिएको हो ।’
उनले आँधीखोलाका सबै वडाका सबै प्रकृतिका २ सय ७३ अपांगता भएका व्यक्तिमध्ये कान नसुन्ने १४ जनालाई अपरेसन गरेकोमा ४ जनालाई श्रवण यन्त्र आवश्यक देखिएको जानकारी दिए ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले सामाजिक संघ, संस्थाको साझेदारी तथा सहकार्यमा मानवीय विकासको क्षेत्रमा काम गरेको बताए । उनले अपांगता भएका व्यक्तिको सशक्तीकरण तथा जीविकोपार्जनमा सहयोग सबभन्दा ठूलो पुण्य काम भएको उल्लेख गरे । आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले संस्थाले गरेको कार्यक्रममा पालिकाले सहकार्य गरेको जानकारी दिए ।
उनले संस्थाले गरेको राम्रो कार्यक्रमलाई पालिकाले स्वामित्व ग्रहण गरी निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष पौडेलले अपांगता भएका व्यक्ति तथा पछाडि पारिएको वर्गलाई सहयोग गरे अरु कुनै धार्मिक कार्य गर्न नपर्ने उल्लेख गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाक कान तथा घाँटी रोग विशेषज्ञ डा विष्णुराज पोखरेलले सुन्ने क्षमतामा ह्रास भएका व्यक्तिलाई औषधी र अपरेसन गरेर पनि काम नगरे श्रवण यन्त्रको प्रयोग गर्नुपर्ने जानकारी दिए । उनले सुत्ने, नुहाउने, पानी पर्दा श्रवण यन्त्र प्रयोग नगर्न सुझाव दिए । कार्यक्रममा संस्थाका सल्लाहकार प्राडा भोजराज न्यौपाने, संस्थाका परियोजना सयोजक रुद्र सन्देशमगर लगायतले श्रवण यन्त्रको उपादायताबारे बोलेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया