पुष्पलाल र बिपीः प्रयोग र दर्शन

विवेक त्रिपाठी २०८० साउन ८ गते १२:१७

पुष्पलाल र बिपी कोइरालाप्रति हार्दिक सम्मान !! भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको नेपाली समाजमा परिवर्तनका निम्ति प्रयोग र राजनीतिक दर्शनका विषयमा मेरो स्मृतिमा पुष्पलाल र बिपीको योगदान र मेरो बुझाइ यहाँ उल्लेख गर्ने प्रयास गरेको छु ।

Advertisement


एक समयमा जुन देशको पृष्ठभूमि सामन्ती विचारको जगमा उभिरहेको थियो, जुन देशमा एक व्यक्तिलाई राजा विष्णुको अवतार मानेर ८० प्रतिशत जनताले पूजा गरिरहेका थिए, बौद्धिक व्यक्तिहरु पनि राजाकै गुणगानमा थिए । त्यो नेपालमा जनताको बाँच्न र बोल्न पाउने मौलिक अधिकारसहितको प्रजातन्त्र स्थापित गर्छु भन्नु बिपी कोइरालाको प्रजातान्त्रिक सोच थियो । र, आजको लोकतन्त्रमा नेपाल एक उच्च स्थानमा छ । त्यसलाई आज हामी महसुस गर्न सक्छौं ।

पुष्पलालले भनेर जानुभएको छ कि कुनै पनि कुराको सही विश्लेषण गर्न सक्दैन भने ऊ कार्यकर्ता होइन भरौटे हो ।


कमरेड पुष्पलालका दाजु गंगालालको हत्यापश्चात् तत्कालीन राणाशासनको जरो काट्ने प्रण पुष्पलालले गर्नुभएको थियो । त्यतिखेर पुष्पलाल १५ वर्षको किशोर हुनुहुन्थ्यो । निरंकुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी व्यक्तित्व पुष्पलाल २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिस्ट पार्टीलाई पुनःसंगठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औचित्य पुष्टि गर्न अहोरात्र लागिरहनुभयो । प्रजातन्त्रको पुनःस्थापना गर्न कम्युनिस्ट र कांग्रेस मिल्नुपर्छ भन्ने विचारका नेता पुष्पलाललाई दूरदर्शी नेताका रुपमा स्मरण गरिन्छ ।


पुष्पलालकै विचार प्रेरणाबाट कम्युनिस्ट र कांग्रेस मिलेपछि देशमा प्रजातन्त्र पुनर्बहाली भएको थियो । कमरेड पुष्पलालले भन्नुभएको छ कि हामीले नेपालको राजनीतिमा वैज्ञानिक सोच राख्न नसक्नु हाम्रो पछौटेपन हो । र हामी दासप्रथामै रुमलिएको जस्तो, विचार ठूलो तर त्यसको कर्म वा प्रयोग साँघुरो भइदिनाले हामीले परिवर्तनका प्राप्तिहरुलाई संस्थागत गर्न सकेका छैनन् । परिवर्तन निरर्थक भइरहेकै छ । बिपी कोइराला सम्झने हो भने उहाँकै भनाइमा नागरिकहरुबाट राष्ट्र बन्छ, दासहरुबाट त्यो सम्भव हुन्न ।

Advertisement


हामीले परिवर्तनको निम्ति वा चेतनाको स्तर अभिवृद्धि गर्न बनाएका थियौं, तर आज त्यही समूह आज व्यक्तिवादी दास प्रवृत्तिमा रुपान्तरण भएको छ । त्यसैले हिजो हामीले प्रजातन्त्र विरोधी राणासँग लडाइँ लड्दै राजालाई परास्त ग¥यौं र आज हामीले हामीलाई नै परास्त गर्नु छ । गुटबन्दीको विरुद्ध लड्नु छ । यो विचारको लडाइँ हो, गुट–उपगुटको होइन । आज मैले तपाईंलाई जे कुरा सुनाइरहेको छु, त्यसको पनि मूल्यांकन हुन आवश्यक हुन्छ, तपाईंमा मप्रति पनि आलोचनात्मक चेत हुनु आवश्यक छ ।

बिपी कोइराला सम्झने हो भने उहाँकै भनाइमा नागरिकहरुबाट राष्ट्र बन्छ, दासहरुबाट त्यो सम्भव हुन्न ।

यो कुरा पहिल्यै नै कमरेड पुष्पलालले भनेर जानुभएको छ कि कुनै पनि कुराको सही विश्लेषण गर्न सक्दैन भने ऊ कार्यकर्ता होइन भरौटे हो । यहाँसम्म कि बिपी कोइरालाको यो भनाइलाई जोडेर हेर्ने हो भने संविधान हरेक नागरिक र हरेक नागरिकले बुझ्ने हुनुपर्छ भन्नुभएको छ । हामीले हाम्रो संविधानलाई अझै परिस्कृत गरिरहेका छौं । मलाई लाग्दैन नेपालको संविधान हरेक नेपालीले बुझ्न सक्छन् होला भनेर, आफ्नो अनुकुल व्याख्या हुने संविधानले हामीलाई अधि बढन् रोक लगाएको छ ।

बिपी कोइरालाले स्पष्टरुपमा के भन्नुभएको छ भने म कम्युनिस्टलाई सर्वहाराको तानाशाह मान्छु । त्यसैले म कम्युनिस्ट मान्दिन भनेर भन्नुभएको छ । फेरि कमरेड पुष्पलाल को कुरालाई जोड्न चाहान्छु । अहिले हाम्रो पार्टीमा फुट छ । के हामीले हाम्रो पुष्पलालको कुरालाई सुन्यौं ? उहाँले पहिले नै अंकित गरेर भन्नू भएको थियो कुनै पनि सिद्धान्तलाई बुझ्न नसक्दा त्यहाँ वादविवाद र फुट सुरु हुन्छ । हामीले व्यक्तिवादी गुट बनायौं र विचारको गुट बनाउन सकेनौं, के हामी तानाशाह नै हौं त ? समय अझैपनि बाँकी छ ।


बिपी कोइराला माक्र्सवादी दर्शनबाट सुरूआत समयमा प्रभावित हुनुहुन्थ्यो, माक्र्स नै उहाँका भनाइहरुमा केही झझल्को पाउन सक्छौं, जस्तो उहाँको कुरामा समाजवाद केही दृश्य देख्न सकिन्छ, बिपीको मनपर्ने एक भनाइ छ नेपाल गरिब किसानको देश हो । हाम्रो लक्ष्य त्यहीँ गरीब किसानतिर हुनुपर्नेमा हामी त्यसै अल्झिरहेका छौं । कमरेड पुष्पलालले हामीभित्रको दरिद्रताको कुरा गर्नुभएको थियो ज्ञानको दरिद्रतामात्र कुरौटेपन हो, अरु केही होइन । हामीसँग जहिलेसम्म समाजवादको कल्पना रहन्छ भने त्यो बेलासम्म समयनुकुल वैज्ञानिक प्रयोगात्मक राजनीति शैलीबाट देश रुपान्तरण गर्न सक्छौं ।

तपाईको प्रतिक्रिया