पोखराका ५ औषधी पसल अनुगमन
समाधान संवाददाता
२०८० साउन ९ गते ११:३९

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार पोखराका ५ औषधी पसल अनुुगमन गरेको छ ।
प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित २ र महेन्द्रपुलस्थित ३ औषधी पसल अनुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागी थिए ।
अनुुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्तिबाहेक अन्यले औषधी बिक्री गर्ने गरेको, सरसफाइमा ध्यान नदिइएको, नवीकरण नगरेका जस्ता कमजोरी पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए ।
अनुगमन टोलीले औषधीको मूल्य सूची, म्याद नाघेका औषधीको व्यवस्थापन लगायतका विषयमा जानकारी लिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुगमन गर्दै आएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया