
गलकोट ।
बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बिमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जंगली जनवारले बालीमा क्षति पुर्याएका खण्डमा बिमा गरेपछि सोबापतको रकम उपलब्ध हुने गर्दछ ।
बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी भइरन्छ र तर नोक्सानीको भरणपोषणका लागि आवश्यक रहेको बाली बीमातर्फ भने यहाँका किसान आकर्षित नभएको पाइएको छ । कृषि ज्ञान केन्द्र बागलुङले बाली बिमा गर्नका लागि किसानलई ‘प्रिमियम रकम’समेत प्रदान गर्दछ । बालीको सम्भावित क्षतितर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।
गत आवमा किसानलाई बाली बिमाको प्रमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्रले २ लाख ४० हजार रकम विनियोजन गरेको थियो । हजारौँ किसान रहेको बागलुङमा बाली बीमा कार्यक्रमबाट लाभान्वित हुने किसानको संख्या १३ जना रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बाली बिमाका आधारमा केन्द्रले बीमाको प्रिमियम रकम प्रदान गर्ने भने पनि १३ किसानले २७ हजार प्रिमियम रकम लगेका छन् । ‘कार्यक्रम हेर्दा सानो थियो तर यस्को प्रभावकारिता निकै ठूलो थियो, २ लाख ४० हजारको बीमाले किसानको करोडौँ बालीको नोक्सानी व्यहोर्न सक्दथ्यो’, उनले भने, ‘किसान बाली बिमा नै गर्न चाहदैनन् भन्ने हो, किसानलाई तत्कालैको नगदी अनुदान तथा उपकरण अनुदानमा आकर्षित छन् । बाँदरले पुर्याएको क्षतिको समेत बिमा भुक्तानी हुनेछ तर किसानले बाँदरको समस्या ल्याउनुहुन्छ तर बालीको बिमा गर्न मान्नु हुन्न ।’
बाँदरलाई जंगली जनवारको क्षतिको रुपमा बिमा दाबी गर्न सकिने जनाउँदै बाली बीमा गर्न किसानलाई प्रोत्साहनस्वरुपको कार्यक्रम कार्यान्वयन भए पनि उनीहरु आकर्षित नभएको उनको भनाइ छ । भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण किसानले बीमा गर्नेतर्फ आकर्षित नभएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले दाबी गरे । ‘साना किसान बमाको विषयमा जानकार नै छैनन्, तर ठूला कृषि फर्महरुले बिमा गरे पनि प्रिमियम शुल्क लिन कृषि ज्ञान केन्द्र नगएकासमेत हुन सक्छन्’, उनी भन्छन्, ‘किसानको पेसासमेत जोखिममा छ, जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि किसानले बिमा गर्न आवश्यक छ ।’
बाली बीमाप्रति किसान आर्कर्षित नभए पनि पशु बिमामा भने किसान आकर्षित भइरहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले सुनाए । उनले पशुबाट बालीको भन्दा बढी क्षति हुने भएकाले किसान पशु बिमा गर्ने गरेका छन् । पशु बिमा गर्दा लाग्ने प्रिमियमको ८० प्रतिशत संघीय सरकारले छुट दिने गरेको छ भने २ वर्षअघि गण्डकी प्रदेशले २० प्रतिशत थप गरेर शतप्रतिशत छुटमा बीमा गर्ने गरे पनि अहिले प्रदेश सरकारको कार्यक्रम भने छैन ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया