लायन्स क्लब पोखरा लेखनाथको वृक्षरोपण

समाधान संवाददाता २०८० साउन ९ गते १४:३५

लेखनाथ ।
लायन क्लब अन्तर्राष्ट्रिय ३२५ जे नेपाल अन्तर्गत लायन्स क्लब अफ पोखरा लेखनाथले पोखरा वडा २७ को अर्चलेस्थित बादल पार्कमा वृक्षारोपण गरेको छ ।


क्लबले हरेक वर्ष स्वर्गीय रामजी पौडेल वादलको स्मृतिमा उक्त पार्कको संरक्षण तथा रेखदेख गर्ने उद्देश्यले यो वर्ष पनि पार्कमा विभिन्न जातका बिरुवा लगाउनुको साथै पुराना बिरुवाको गोडमेल गरेको हो ।


क्लबका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बिरुवा लगानुमात्र ठूलो कुरा नभई लगाएका बिरुवाको उचित तरिकाले रेखदेख र बिरुवाका समय समयमा गोडमेल गर्नुपर्ने सुझाव राखेका थिए ।

Advertisement


सोही अवसरमा लायन्स अन्तर्राष्ट्रिय ३२५जे नेपाल का डिस्ट्रिट गभर्नर हरिप्रसाद मरहट्टाले लायन्स कलबले वातावरण संरक्षणको क्षेत्रमा गर्दै आएका कामका बारेमा ग्रामीण क्षेत्रसम्म जानकारी हुनुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा क्लबका संरक्षक तथा डिस्ट्रिटको चिप यड्भाइजर मधुसूदन कोइराला, बादल पार्क बादल संरक्षक समितिका अध्यक्ष राममणि पौडेल, इन्भारोमेन्टको चिफ सन्तोष पौडेल, क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन भुजेल, क्लबका पूर्वअध्यक्ष तथा रिजन चियर पर्सन घनश्याम ढुंगाना, जोन चियर पर्सन मोहनराज आचार्य र सामुदायिक सेवा केन्द्र लेखनाथका निवर्तमान अध्यक्ष त्रिलोचन लामिछानेले लगायतले लायन्सले सामाजिक क्षेत्रमा गरेका कामलाई सवैले साथ र सहयोग गर्दै आएको विचार राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया