पोखरामा केन्दो खेलको प्रशिक्षण सुरु

समाधान संवाददाता २०७६ जेठ २३ गते १२:५०

समाधान संवाददाता, पोखरा

नेपाल इआइदो एन्ड केन्दो संघ गण्डकी तर्दथ समितिको आयोजनामा मंगलबारबाट पोखरामा केन्दो खेलको खेलाडी प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा ३० जना विद्यार्थी सहभागी बने । जापानी खेल केन्दोको बेग्लै महत्व रहेकाले यो खेलमा नयाँ खेलाडी उत्पादन गर्ने हेतुले प्रशिक्षण सुरु भएको हो । पोखरा लनर्स एकेडेमीको सभाहलमा आयोजित प्रशिक्षण ४ दिनसम्म चल्नेछ ।

तालिममा फस्ट अन्तर्राष्ट्रिय मेडलिस्ट अमित चौधरी र अन्तर्राष्ट्रिय मेडलिस्ट खेलाडी दीपेश डंगोलले सहजीकरण गर्ने नेपाल इआइदो एन्ड केन्दो संघ गण्डकी तदर्थ समितिका अध्यक्ष विधान गौतमले जनाए । गण्डकी प्रदेशमा केन्दो खेलको विकास गर्दै नयाँ खेलाडी उत्पादन गर्न आपूmहरुले लक्ष्य रहेको अध्यक्ष गौतमले बताए । केन्दो खेलमा लाग्न खोज्ने खेलाडीले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने मौका पाउने नेपाल इआइदो एन्ड केन्दो संघ कास्की जिल्लाका अध्यक्ष महेश्वर रिमालले बताए ।

Advertisement

४ दिने तालिममा सहभागीलाई केन्दो सम्बन्धी बेसिक ज्ञान प्रदान गरी उनीहरुलाई खेल्न सक्ने बनाइने नेपाल इआइदो एन्ड केन्दो संघका केन्द्रीय सचिव तथा केन्दो खेलका प्रमुख प्रशिक्षक अमित चौधरीले बताए । चौधरी केन्द्रोको थर्ड डन प्राप्त गर्ने पहिलो खेलाडी हुन् ।

जापानी खेल केन्दो २०५८ मा नेपालमा भित्रिएको हो । हाल विश्वका १ सय १० देशमा यो खेल खेलिन्छ । मार्सल आर्ट सम्बन्धी यो खेल तर्फको आकर्षण नेपालमा पनि बढ्दै गएको नेपाल इआइदो एन्ड केन्दो संघ गण्डकी तदर्थ समितिका सचिव राजाराम पौडेलले बताए । गत वर्ष थाइल्यान्ड तथा भियतनाममा भएको केन्दो खेल प्रतियोगितामा नेपालले अन्तर्राष्ट्रिय पदक जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया