‘मिटरब्याज पीडित बन्दी सीतालाई न्याय दे’

पोखरा ।
पोखरा महानगरपालिका २७ रिठ्ठेपानीकी सीता दर्जी चेक बाउन्सको मुद्दामा पक्राउ परेको विरोधमा पीडित पक्षले विरोध प्रदर्शन गरेका छन् । संयुक्त दलित संघर्ष समिति कास्कीको नेतृत्वमा सीताको परिवारसहितले जिल्ला प्रशासन कार्यालय कास्कीमा अगाडि मंगलबार नाराबाजी तथा धर्ना गरेका हुन् ।
उनीहरुले मिटरब्याज पीडित बन्दी सीता दर्जीलाई न्याय दे, मिटरब्याजी कमल थापालाई तत्काल गिरफ्तार गर, मिटरब्याजी कमिसनखोर विरुद्ध संयुक्त संघर्ष अगाडि बढाऔं’ जस्ता प्लेकार्ड सहित विरोध गरेका थिए ।
सीता दर्जीले २०७४ जेठ ८ गते स्याङ्जा गल्याङ नगरपालिका ७ घर भएका कमल थापासँग ६ लाख लिएको र २ वर्षमा पटकपटक गरी २१ लाख १० हजार बुझाइसकेका छन् । तर, १७ लाखको फर्जी तमसुक बनाई चेक बाउन्समा मुद्दा हालेर सीता दर्जीलाई फसाएको परिवारको आरोप छ ।
थापाले दर्जीको एनआइसी एसिया बैंक र एसबिआई बैंकका २/२ वटा चेक फकाइफुलाई तथा विभिन्न बाहना बनाई लगेको र सोही चेकलाई हतियार बनाएर चेक बाउन्स गरेको आरोप परिवारले लगाएको छ ।








जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
बागलुङमा पिकअप जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया