गण्डकीमा बाहेक एमालेको प्रदेश अधिवेशन तय

समाधान संवाददाता २०८० साउन १२ गते ११:२५

पोखरा ।

Advertisement

नेकपा (एमाले) ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


सम्बद्ध प्रदेश कमिटीको बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् । कोसी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौंमा अधिवेशन हुने गौतमले बताए ।


लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ । गण्डकी प्रदेशले यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्नेछ ।


पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमाले पार्टी कार्यालयले जनाएको छ । एक वर्षभित्र प्रदेश, जिल्ला र पालिका तहको अधिवेशन सक्ने तयारीमा एमाले लागेको छ । गौतमका अनुसार माघमा स्थानीय तह र चैतमा जिल्ला कमिटीको अधिवेशन गर्ने लक्ष्य छ ।

Advertisement

तपाईको प्रतिक्रिया